
२१ पाैष ( चक्र प्रसाद जैसी ) मंगलसेन – अछाममा चरेश सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

शनिबार आज जिल्लाकाे साफेबगर नगरपालिका वडा नम्बर ३ टाेटासालमा चरेशको कारोवार भइरहेको समयमा फेला परेका दुबैलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।


पक्राउ पर्नेमा बाजुराको पान्डुसैन नगरपालिका ५ स्थायी भई हाल अछामकाे साफेबगर नगरपालिका ३ टाेटासालमा बस्ने ३३ बर्षिय पशुपति थापा र साफेबगर नगरपालिका ४ का २४ बर्षिय छितिज बुढा रहेका छन ।
पक्राउ परेकामध्ये थापाबाट २० ग्राम ३३० मिलिग्राम र बुढाबाट ८ ग्राम ३९० मिलिग्राम चरेश बरामद गरिएको छ ।
पक्राउ परेका दुवैजना माथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अछामका सुचना अधिकारी प्रहरी निरिक्षक राजेन्द्र साउदले बताउनुभयो ।
