ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय मंगलसेनमा बडादशैंको शुभकामना आदान प्रदान तथा स्नेह मिलन कार्यक्रम सम्पन्न

Kirci Gyan Kendra

चन्द्रा बुढा, अछाम, १७ असोजः

Samajik New Add 2082

बडादशै २०८१ को अवसरमा शुभकामना आदानप्रदान तथा स्नेह मिलन कार्यक्रम मङ्गलसेनमा सम्पन्न भएको छ । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय मङ्गलसेन शाखाको आयोजनामा कार्यक्रम भएको हो ।

Saud Agro Kailash

ब्रह्माकुमारी कवीताको अध्यक्षतामा भएको कार्यक्रममा अछाम क्षेत्र नम्वर २ का प्रतिनिधिसभा सदस्य पुष्प बहादुर शाह प्रमुख अतिथि रहनुभएको थियो । मंगलसेन नगरपालिकाका नगर प्रमुख पदम बहादुर बोहरा, जिल्ला समन्वय समितिका उपप्रमुख दानमती शाही, मंगलसेन नगरपालिकाका उप-प्रमुख संगिता कुमारी रावल, प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्साल, प्रहरी नायव उपरिक्षक ईश्वरी प्रसाद भण्डारी, मङ्गलसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर साेडारी लगायत सरोकारवालाको सहभागितमा भएको शुभकामना आदानप्रदान कार्यक्रममा सामुहिक जमरा समेत राखिएको थियो ।

कार्यक्रममा सहभागि सरोकारवाला सवैले एक आपसमा शुभकामना आदान प्रदान गनुभएको थियो ।

 

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.