मंगलसेन–१ मा दालमोठ उत्पादन सम्बन्धी सीप विकास तालिम सम्पन्न

Kirci Gyan Kendra

अछाम, जेठ ३० — मंगलसेन नगरपालिका–१ मा दालमोठ उत्पादन सम्बन्धी सीप विकास तालिम सम्पन्न भएको छ। घरेलु तथा साना उद्योग कार्यालय अछामको आयोजना तथा मालिका सामुदायिक सिकाइ केन्द्रको सहकार्यमा सञ्चालन गरिएको तालिमको समापन कार्यक्रम सम्पन्न भएको हो।

Samajik New Add 2082
Saud Agro Kailash

समापन कार्यक्रम मालिका सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष होम बहादुर साउदको अध्यक्षता तथा मंगलसेन नगरपालिका–१ का वडाध्यक्ष लोक राज नाथको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय अछामका कम्प्युटर अपरेटर जनकराज ढुंगाना, प्रशिक्षक चन्द्रा थापा, सहभागी केशब थापा र लक्ष्मी बिकले मन्तव्य व्यक्त गर्नुभएको थियो।

तालिममा मकै र भटमासबाट दालमोठ उत्पादन गर्ने सम्बन्धी व्यावहारिक सीप प्रदान गरिएको थियो। स्थानीय स्रोत–साधनको उपयोग गर्दै आयआर्जनका अवसर सिर्जना गर्ने उद्देश्यले सञ्चालन गरिएको तालिमबाट वडा नम्बर १ का १४ जना स्थानीय लाभान्वित भएका छन्।

कार्यक्रमका वक्ताहरूले यस्ता सीपमूलक तालिमले स्थानीयस्तरमा स्वरोजगार तथा साना उद्यम विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेका थिए। समापन कार्यक्रमको सञ्चालन सका श्रिया जैगडीले गर्नुभएको थियो।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.