मङ्गलसेन नगरपालिका १३ मा कार्तिक ११ देखि १७ सम्म खेलकुद तथा साँस्कृतिक कार्यक्रम गरिदै

Kirci Gyan Kendra

मङ्गलसेन नगरपालिका १३ मा कार्तिक ११ देखि १७ सम्म विभिन्न खेलकुद तथा साँस्कृतिक कार्यक्रम गरिने भएको छ । १३ नं. वडाको आयोजनामा भएको वैठकले वडा स्तरिय युवा तथा खेलकुद विकास समिति गठन गर्दै सो समिति मार्फत कार्यक्रम गरिने भएको हो ।

Samajik New Add 2082
Saud Agro Kailash

वडा अध्यक्ष हिक्मत बहादुर बोगटीको अध्यक्षमा भएको वैठकले पुरन बिकको अध्यक्षतामा ११ सदस्यीय वडा स्तरिय युवा तथा खेलकुद विकास समिति गठन गरेको छ । समितिको सचिव धनबिर नेपाली र
कोषाध्यक्षमा इन्द्र बहादुर साउद लगाएत अरु सदस्य रहेका छन ।

दशै दिपावलीको अवसर पारेर गरिने कार्यक्रम अन्तरगत वडा स्तरीय क्रिकेट प्रतियोगिता यहि कार्तिक ११ र १२ गते, भलिवल प्रतियोगिता कार्तिक १३ गते र देउडा खेल लगायत साँस्कृतिक कार्यक्रम कार्तिक १६ र १७ गते निर्णय गरिएको समितिका सचिव धनबिर नेपालीले जानकारी दिनुभयो ।

खेलकुद तथा देउडा कार्यक्रम वडा कार्यालयको मुख्य सहयोग तथा स्थानीय समाजसेवी, व्यापारी, कर्मचारी लगायत देश विदेशमा रहेका सुभेच्छुक शुभचिन्तकको आर्थिक सहयोगबाट सञ्चालन गर्न लागिएको जनाईएको छ ।

 

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.