मंगलसेन १ सुवाखादमा लैङ्गिक हिंसा बिरुद्ध सचेतनामुलक कार्यक्रम

लैङ्गिक हिंसा न्यूनिकरणका लागि सवै जुट्नुपर्ने: नगर उपप्रमुख रावल

Kirci Gyan Kendra

लैङ्गिक हिंसा बिरुद्धकाे १६ दिने अभियानकाे अवसरमा सचेतनामुलक कार्यक्रम मङ्गलसेन नगरपालिका १ काे सुवाखादमा सम्पन्न भएको छ । मङ्गलसेन नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयाेजना र वडा कार्यालयकाे समन्वयमा कार्यक्रम भएकाे हाे ।

Samajik New Add 2082

वडा अध्यक्ष लाेकराज नाथकाे अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख संगिता कुमारी रावल प्रमुख अतिथि रहनुभएकाे थियाे । उपप्रमुख रावलले लैङ्गिक हिंसा न्यूनिकरणका लागि सवै जुट्नुपर्ने बताउनुभयो । संस्कार युक्त समनज र परिवार बनाउन सकेमा हिंसा न्यूनिकरणमा समेत टेवा पुग्ने उहाँको भनाई छ ।

उपप्रमुख रावलले बढिजसाे महिलाहरु नै लैङ्गिक हिंसा पिडित हुने भएकोले महिलाहरुमा सचेतना र जागरण फैलाउन नगरपालिका प्रतिवद्द रहेकाे उल्लेख गर्नुभयाे । नगरपालिकाले हिंसा पिडित महिला तथा बालबालिकाहरुका लागि, निशुल्क एम्बुलेन्स सेवा लगायत लैङ्गिक हिंसा निवारण काेषकाे व्यवस्था गरि त्यस मार्फत सहयोग पुगिरहेकाे उपप्रमुख रावलकाे भनाइ छ ।

Saud Agro Kailash

कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत मञ्जु महत बिशिस्ट अतिथि रहनुभएकाे थियाे भने नेपाली काङ्ग्रेसका जिल्ला सदस्य चन्द्र जैगडी, नगरपालिका स्वास्थ्य शाखा प्रमुख भुमिनन्द ढुंगाना, कुन्ति माविका प्रधानाध्यापक मदन बाेगटी, प्रगतिशील आधारभूत विद्यालयका प्रधानाध्यापक चन्द्रकला बिष्टले शुभकामना मन्तव्य राख्नुभएको थियाे ।

वडा सदस्य शिद्द बहादुर थापाकाे स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमकाे सञ्चालन वडा सचिव शिद्द राज ढुंगानाले गर्नुभएको थियाे ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.