राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मङ्गलसेनमा मनाईयाे

नागरिक ज्ञानको श्राेत र अनुभवका खानी हुन: कार्यालय प्रमुख रावल

Kirci Gyan Kendra

राष्ट्रिय जेष्ठ नागरिक दिवस २०८१ मङ्गलसेन -३ कुटीमा मनाईएकाे छ । जिल्ला जेष्ठ नागरिक संघकाे आयाेजना तथा मङ्गलसेन नगरपालिका र सामाजिक विकास कार्यालयकाे सहयोग तथा समन्वयमा कार्यक्रम भएको हाे ।

Samajik New Add 2082

‘सभ्य समाजकाे आधार, ज्येष्ठ नागरिकमैत्री घरपरिवार’ भन्ने मुल नारा सहित मनाईएकाे दिवस कार्यक्रमकाे अध्यक्षता जिल्ला ज्येष्ठ नागरिक संघका अध्यक्ष तेज बहादुर बिष्टले गर्नुभएको थियाे भने सामाजिक विकास कार्यालयका कार्यालय प्रमुख डम्बर बहादुर रावल प्रमुख अतिथि रहनुभएकाे थियाे ।

प्रमुख अतिथि रावलले ज्येष्ठ नागरिक ज्ञानको श्राेत र अनुभवका खानी भएको बताउनुभयो । ज्येष्ठ नागरिकहरुका लागि सामाजिक विकास कार्यालय मार्फत सञ्चालन हुने कार्यक्रम जिल्ला ज्येष्ठ नागरिक संघ संगकाे सहकार्यमा अघि बढाउने उहाँको भनाइ छ । विगत वर्षहरुमा जस्तै आगामी दिनमा पनि सामाजिक विकास कार्यालय ज्येष्ठ नागरिकहरु संग संसंगै रहने रावलले प्रतिवद्दता व्यक्त गर्नुभयो ।

यस्तै कार्यक्रमका विशिष्ट अतिथि वडानम्वर ३ का अध्यक्ष बिर्ख बहादुर बाेगटीले ज्येष्ठ नागरिकहरुलाई सम्मानका साथ राख्नुपर्ने बताउनुभयो । गत आर्थिक वर्षमा वडाभित्रका सवै ज्येष्ठ नागरिकहरुलाई सम्मान कार्यक्रम गरिएको भन्दै आगामी दिनमा पनि ज्येष्ठ नागरिकहरुलाई लक्षित गरेर कार्यक्रमहरु गरिने प्रतिवद्दता व्यक्त गर्नुभयो ।

जिल्ला प्रहरी कार्यालय अछामका निमित्त कार्यालय प्रमुख प्रहरी निरिक्षक टेक बहादुर देउवा लगायतका अतिथि रहनुभएकाे कार्यक्रममा समाजसेवी खगेन्द्र भण्डारी लगायतले मन्तव्य राख्नुभएको थियाे ।

Saud Agro Kailash

वडानम्वर ३ का पूर्व अध्यक्ष तथा ज्येष्ठ नागरिक संघका सदस्य पदम सिंह भाटकाे स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमकाे सञ्चालन मङ्गलसेन नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख मञ्जु महतले गर्नुभएको थियाे ।

९७ वर्षिय मन्धरीलाई घरमै पुगेर सम्मान:

यसैविच राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा सामाजिक विकास कार्यालय अछामले मङ्गलसेन नगरपालिका ३ कि सवैभन्दा ज्येष्ठ नागरिक मन्धरी टमट्टालाई सम्मान गरेकाे छ । ९७ वर्षिय टमट्टालाई उहाँको घरमै पुगेर सम्मान न्यानाे लुगा सहित सम्मान गरिएको हाे ।

कार्यालयले उहाँलाई एउटा ब्ल्याङ्केट, स्वीटर, टाेपि र सुरुवाल हस्तान्तरण गरिएको थियोे । ज्येष्ठ नागरिक मन्धरिलाई घरमै पुगेर सामाजिक विकास कार्यालयका कार्यालय प्रमुख डम्बरबहादुर रावल, वडानम्वर ३ का अध्यक्ष बिर्ख बहादुर बाेगटी र नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख मञ्जु महत सहितको टाेलिले सम्मान गरेकाे थियाे ।

यसैगरी वडानम्वर ५ मा पनि सवैभन्दा ज्येष्ठ उमेरका १ जनालाई न्यानो लुगा सहित सम्मान गरिने सामाजिक विकास कार्यालयले जनाएको छ ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.