एमाले अछामको ९ औं जिल्ला अधिबेशन बैशाख १३ देखि १५ गतेसम्म

Kirci Gyan Kendra

नेकपा एमाले अछामको ९ औं जिल्ला अधिबेशन आगामी बैशाख २०८२ सालमा हुने भएको छ । नेकपा एमाले अछामको पाचौं सचिवालय बैठकले पार्टीको जिल्ला अधिबेशन आगामी २०८२ साल बैशाख १३ देखि १५ गतेसम्म गर्ने निर्णय गरिएको हो ।

Samajik New Add 2082

जिल्ला अध्यक्ष चन्द्र बोहराको अध्यक्षतामा बसेको बैठकले अधिवेशनलाई सफल पार्न विभिन्न १३ वटा उपसमिति समेत गठन गरिएका छन ।

Saud Agro Kailash

जस अन्तरगत जिल्ला अध्यक्ष चन्द्र बोहरा संयोजकत्वमा राजनीतिक तथा साङ्गठनिक प्रतिबेदन लेखन उपसमिति, जिल्ला सचिव भिम बहादुर रावलको सयोजकत्वमा आर्थिक ब्यवस्थापन उपसमिति, उपसचिव डम्बर बिसीको सयोजकत्वमा प्रतिनिधि ब्यवस्थापन उपसमिति, लिलाराज केसीको संयोजकत्वमा अतिथि सत्कार तथा स्वागत उपसमिति गठन गरिएको छ ।

त्यस्तै मान बहादुर बोगटीको संयोजकत्वमा मंच तथा जुलुस ब्यवस्थापन उपसमिति, टोप बहादुर शाहिको संयोजकत्वमा स्वयंसेवक उपसमिति, पुष्प भट्टको सयोजकत्वमा प्रचार प्रसार उपसमिति, सिद्ध प्रसाद ढुगानाको सयोजकत्वमा स्वास्थ्य उपसमिति, भिम रानाको सयोजकत्वमा खाद्य तथा आवास उपसमिति, झंकर प्रसाद भाटको संयोजकत्वमा यातायात ब्यवस्थापन उपसमिति र हर्क विरहि विकको संयोजकत्वमा सास्कृतिक उपसमिति गठन गरिएको जिल्ला सचिव तथा प्रचारप्रसार विभाग प्रमुख भिम बहादुर रावलले जानकारी दिनु भयो ।

बैठकमा पार्टी केन्द्रीय सदस्य यज्ञ बोगटी, कमलराज तिमिल्सैना, प्रदेश कमिटी अध्यक्ष कृष्णप्रसाद जैसी लगाएतका नेताको बिशेष उपस्थिति रहेको थियोे ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.