एमाले मंगलसेन नगर कमिटी अध्यक्षमा पुन : बृख बोगटी

Kirci Gyan Kendra

कमल रावल, कात्तिक १७ अछाम :

Samajik New Add 2082

नेकपा एमाले मंगलसेन नगर कमिटीको दोस्रो अधिवेशनले सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशन पछिको बन्द सत्रले पुन आगामि कार्यकालका लागि बृख बहादुर बोगटीको अध्यक्षतामा ७५ सदस्यीय नगर कमिटी गठन गरेको हो ।

Saud Agro Kailash

जसमा उपाध्यक्ष तकेन्द्र रावल, सचिव डम्मर रावल, उपसचिव महिला लालसरि सुनार र कालुसिह विक सहित सबै १४ वडा बाट भुगाेल र खुल्ला रुपमा सदस्य समेत सर्वसम्मत चयन भएका निर्वाचन कमिटिका संयोजक तथा एमाले जिल्ला कमिटी सचिवालय सदस्य भिम बहादुर रावलले जानकारी दिनु भयो ।

नव निर्वाचित अध्यक्ष बोगटीले आगामी दिनमा अझै पार्टीलाई बलियो वनाउदै लैजाने बताउनु भयो । यस अघिको कार्यकालमा पनि पार्टिलाई सृदृढ, सशक्त, अनुशासित वनाउन नगर कमिटिले महत्त्वपूर्ण भुमिका खेलेको दाबि गर्नु भयो । अब पार्टिको अगाडि प्रमुख चुनौति स्थानिय, प्रदेश र संघको निर्वाचन भएकाले सबै पक्तिलाई क्रियाशिल भएर अघि बढन आग्रह गर्नु भयो ।

नव निर्वाचित कमिटिलाई एमाले अछामका सचिव एव अछाम क्षेत्र नम्बर २ का सासंद यज्ञ बहादुर बोगटीले पद तथा गोपनियताको सफत गराउनु भएको कार्यक्रममा एमाले अछामका सचिवालय सदस्य तथा मंगलसेन नगरप्रमुख पदम बहादुर बोहरा, जिल्ला सचिवालय सदस्य तथा मंगलसेन नगर ईन्चार्ज चन्द्र बोहरा, जिल्ला कमिटी सचिवालय सदस्य भिम बहादुर जनाला, सचिवालय सदस्य तथा मंगलसेन नगर उपप्रमुख सरिता उपाध्याय लगाएतको सहभागीता रहेको एमाले अछामका कार्यालय सचिव लिलाराज केसिले जानकारी दिनु भयो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.