नेपाली जनसम्पर्क समिति कोरिया क्षेत्र नं–७ बुसानको अधिवेशनबाट केशव रिमाल सभापतिमा निर्वाचित

Kirci Gyan Kendra

बुसान, दक्षिण कोरिया — नेपाली जनसम्पर्क समिति क्षेत्र नं–७, बुसान (दक्षिण कोरिया) को क्षेत्रीय अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले केशव रिमाललाई सभापति जस्तो गरिमामय पदमा निर्वाचित गरेको छ।

Samajik New Add 2082

बुसानमा आयोजित अधिवेशनमा दक्षिण कोरियामा कार्यरत तथा बसोबास गर्दै आएका नेपाली कांग्रेसप्रति आस्थावान नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उपस्थिति रहेको थियो। कार्यक्रम लोकतान्त्रिक र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो।

Saud Agro Kailash

अधिवेशनले संगठनलाई थप सशक्त, अनुशासित र प्रभावकारी बनाउने लक्ष्यसहित नयाँ नेतृत्व चयन गरेको हो। सभापतिमा निर्वाचित केशव रिमालले प्रवासमा रहेका नेपालीहरूको हक–हित, अधिकार र समस्याका विषयमा संस्थागत रूपमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गरे।

सभापति रिमालले आफुलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण नेपाली कांग्रेसप्रति आस्थावान दाजुभाइ तथा दिदीबहिनीहरू, क्षेत्र नं–७ बुसानमा सक्रिय सबै सदस्य तथा शुभेच्छुकहरूप्रति धन्यवाद व्यक्त गरेका छन्। उनले सबैलाई एकताबद्ध भएर संगठनलाई थप मजबुत बनाउँदै लैजान आग्रहसमेत गरे।

कार्यक्रममा सहभागी वक्ताहरूले प्रवासमा नेपाली कांग्रेसको संगठनलाई मजबुत बनाउँदै राष्ट्रिय राजनीतिसँग जोडेर अघि बढ्नुपर्नेमा जोड दिएका थिए। अधिवेशनले क्षेत्र नं–७ बुसानमा नेपाली जनसम्पर्क समितिको गतिविधिलाई थप गतिशील बनाउने विश्वास सहभागीहरूले व्यक्त गरेका छन्।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.