पावर परियोजनाको 2026 का लागि परिचयत्मक कार्यक्रम मङ्गलसेनमा गरियो

Kirci Gyan Kendra

वाक नेपाल power परियोजना अन्तर्गत सन् २०२६ मा गरिने क्रियाकलापहरूको परिचयात्मक कार्यक्रम मङ्गलसेन नगरपालिकामा सम्पन्न भएको छ। नगर उपप्रमुख संगीता कुमारी रावलको अध्यक्षतामा कार्यक्रम गरिएको हो।

Samajik New Add 2082
Saud Agro Kailash

उक्त कार्यक्रममा नगर प्रमुख पदमबहादुर बोहरा प्रमुख अतिथि रहनुभयकाे थियो भने निमित्त प्रमुख प्रशासकीय अधिकृत खकेन्द्रबहादुर सोडारी सहित कार्यक्रम सञ्चालित वडाका वडाध्यक्षहरू, नगरपालिकाका विभिन्न शाखाका शाखा प्रमुख लगायत को उपस्थिति रहेको थियो परिचयात्मक कार्यक्रममा वाक नेपाल पावर परियोजना मार्फत सन् २०२५ सम्म भए गरेका क्रियाकलापहरूको बारेमा समिक्षा सहित सन् २०२६ मा गरिने क्रियाकलापबारे जानकारी गराईएकाे थियोे ।

वाक नेपालका पूर्व अध्यक्ष तथा पावर परियोजनाका फोकल पर्सन बलबहादुर केसीले संस्थागत जानकारी सहितको मन्तव्य राख्नुभएको उक्त कार्यक्रमको सहजीकरण पावर परियोजना संयोजक महादेव ओझाले गर्नुभएको थियो भने सञ्चालन नगरपालिकाका प्रशासन सहायक होमबहादुर साउदले गर्नुभएको थियो।

 

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.