बाँके ३ मा रास्वपा उम्मेदवार खगेन्द्र सुनार विजयी

Kirci Gyan Kendra

बाँके निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका खगेन्द्र सुनार विजयी भएका छन्।

Samajik New Add 2082

खगेन्द्र सुनारले २९५५१ ल्याएका छन्। आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सुमन मल्ललाई उनले ९९३६ मतान्तरले हराएका हुन्।

Saud Agro Kailash

मल्लले १९६१५ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका अमरसिंह पुन १३२१५ मतसहित तेस्रो स्थानमा रहेका छन्।

विजयी भएका रास्वपाका सुनार दलित अभियानी हुन्। उनले छुवाछुत विरूद्ध विभिन्न समयमा प्रदर्शन गर्ने गरेका छन्। त्यस्तै राज्यका निकायमा दलितको प्रतिनिधित्वको सवाल तथा दलितमाथि हुने विभेद र हिंसा विरूद्ध पनि आन्दोलन गर्दै आएका छन्।

केही समयअघि प्रधानमन्त्री सुशीला कार्कीले दलित अभियानी सुनारलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री सिफारिस गरेकी थिइन्। तर सुनारविरूद्ध तीनवटा अदालतमा मुद्दा चलिरहेको तथ्य खुलेपछि उनको शपथ रोकिएको थियो।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.