कस्तो रहला त वर्षको पहिलो दिन? कुन राशिका लागि शुभ ? – हेर्नुहोस् राशिफल

Kirci Gyan Kendra

आजको राशिफल

Samajik New Add 2082

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन पाइनेछ । विभिन्न बिलासी वस्तुको प्रयोग गरी मनग्गे आम्दानी हुनेछ । आर्थिक रूपमा सम्पन्न हुने चालिएका कदमहरूबाट भनेजस्तो नतिजा आउने हुनाले मन प्रफुल्लित हुनेछ । माया प्रेममा एक अर्कालाई विश्वास गर्ने वातावरण बन्नेछ । मनोरञ्जन, खानपान तथा यात्रामा समय व्यतीत हुनेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) समयको सही सदुपयोग गरी सामाजिक तथा कल्याणयाकारी काम गर्न सकिनेछ । कर्म प्राप्तिको लागि लामो दुरीको विदेश यात्रा हुने सम्भावनालाई नकार्न सकिँदैन । आफन्त तथा घरपरिवारका सदस्यसँग बसेर मिष्ठान्न भोजन ग्रहण गर्न सकिनेछ । यात्रा तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ । प्रविधिको प्रयोग गरी आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ ।

मिथुन (का,की,कु,घ,ङ,छ,के,को,हा) राजनीतिमा लाग्नेहरूले राज्यबाट विशेष सेवा सुविधा प्राप्त गर्न सक्नेछन् । पढाइ लेखाइ प्रगतिकै बाटोमा अगाडी बढाउन सकिनेछ । छोटो दुरीको यात्राको तय गरी रमाउन सकिनेछ । यात्रा, मनोरञ्जन तथा खानपानमा समय व्यतीत हुनेछ । खाद्यान्न, औषधीजन्य सामान तथा होटल व्यवसायमा लगानी गर्नेहरूका लागी समय उत्तम रहेको छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) राजनीति तथा समाजसेवीहरूले राज्यबाट लाभ पाउने समय रहेको छ बुवा तथा बुवा सरहका मानिसबाट तपार्ईको काममा सहयोग हुनेछ भने आफन्त तथा सहयोगीहरूले तपाईँकै साथ दिनेछन् । रमाइलो यात्राको तय गरी मिष्ठान्न भोजनमा रमाउन सकिनेछ । अध्ययन वा कामलाई थाती राख्दै परिवारका  साथ समय व्यतीत गर्न पाउँदा मन प्रसन्न हुनेछ । खानपान तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) लामो दुरीको धार्मिक तथा शैक्षिक यात्रा गर्न सकिनेछ भने यात्राका क्रममा महत्त्वपूर्ण व्यक्तिहरूसँग भेटघाट हुनेछ । तपार्ईँको काममा आफन्त तथा शुभचिन्तकहरूको सहयोग रहनेछ । माया प्रेमको गाँठो कसिलो भएर जाने तथा जीवन साथीको सहयोगले राम्रा कामहरू सम्पादन हुनेछन् । धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्रा गरी टिका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ ।  परिवारका साथ यात्रा, खानपान तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ ।

Saud Agro Kailash

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) आफन्त तथा गुरुजनहरूको सुझावलाई शिरोधार्य गर्दै अगाडी बढ्न सकिनेछ । मन परेको मानिसबाट उपहार तथा भौतिक सम्पत्ति पाउने योग रहेको छ भने प्रेममा सामिप्यता बडेर जानेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग गरी आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ । खाद्यान्न, औषधी तथा होटल व्यवसाय गर्नेहरूका लागी समय उत्तम रहेको छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) भौतिक सम्पत्ति तथा मानव निर्मित वस्तुहरू प्राप्तिको गतिलो योग रहेको छ । लामो समयदेखि भेट नभएका मित्र हरूसँग भेट हुनेछ भने माया प्रेममा आत्मीयताको बढोत्तरी हुनेछ भने रमाइलो यात्राको तय हुनेछ । गुरुहरूको राम्रो सहयोग पाइने हुँदा गन्तव्य पहिल्याउन सहज हुनेछ । यात्राको तय गरी परिवारका साथ रमाउन सकिनेछ । परिवारका साथ खानपानमा समय व्यतीत हुनेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) शत्रु तथा प्रतिस्पर्धीहरू आई लाग्ने भए पनि अन्ततः तपार्ईँको क्षमता देखेर आफै साइड लाग्नेछन् । स्वास्थ्य सम्बन्धी पुराना समस्याहरू ठिक हुँदै जाने तथा काम गर्न सहज वातावरण बन्नेछ । प्रेम प्रसङ्गमा एक अर्का बिच नजिक हुने तथा रमाउन सकिनेछ । खानपान, यात्रा तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ । साथीभाईहरुसँगको भेटले मन प्रफुल्ल हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) माया प्रेम गर्नेहरूले आफ्नो मन परेको मान्छेसँग बसेर समय व्यतीत गर्दा खुसी भएको महसुस गर्नेछन् । छोटो दुरीको रमाइलो यात्राको तय हुने तथा समय रमाइलो गरी बिताउन सकिनेछ । अध्ययन वा कामलाई थाती राख्दै परिवारका साथ रमाउन सकिनेछ । आकस्मिक धन तथा भौतिक सम्पत्ति लाभ हुनेछ । अनलाइन व्यापार, औषधीजन्य सामान तथा होटल व्यवसायबाट लाभ लिन सकिनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) प्रयत्न गर्दा महत्पूर्ण कामहरू सम्पादन हुनेछन् । आम्दानी बढ्ने हुँदा लगानी गर्ने अवसर जुर्नेछ । आफन्त तथा जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । प्रेम प्रसङ्गमा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ । कृषि तथा पशुपालन व्यवसायलाई समय सापेक्ष परिमार्जन गरी मनग्गे आम्दानी बढाउन सकिनेछ । यात्रा, मनोरञ्जन तथा खानपानमा समय व्यतीत हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जाँगर आउनेछ । सानो प्रयत्नले राम्रो काम गरी फाइदा लीन सकिनेछ भने प्रतिस्पर्धीहरू परास्त हुनेछन् । दाजुभाइ तथा छिमेकीहरूसँगको सम्बन्धमा सुधार भएर जानेछ । छोटो तथा रमाइलो यात्रा गरी मनोरञ्जन लिन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ । लेखन कला तथा साहित्य जस्ता क्षेत्रमा झुकाव बढ्नेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आत्मीय मित्र तथा कुटुम्बसँगको सम्बन्ध थप सुमधुर भएर जानेछ । बोलीको प्रभाव बढ्ने हुनाले बोलेरै उपलब्धि मूलक कामहरू गर्न सकिनेछ । गाएन पेसा तथा कला साहित्यमा समय दिनेहरूले आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । रमाइलो यात्राको तय हुनेछ भने मिष्ठान्न भोजन ग्रहण गर्दै समय व्यतीत गर्न सकिनेछ । प्रविधिको प्रयोग मार्फत नयाँ काम गर्न सकिनेछ ।

तपाईँको दिन शुभ रहोस् । -©ratopati

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.