
मंगलसेन: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मंगलसेन नगर कार्यसमितिको आयोजनामा “भेटघाट तथा प्रशिक्षण कार्यक्रम” सम्पन्न भएको छ। “हाम्रा कुरा माननीयसँग, माननीयका अनुभव जनतासँग” भन्ने नारासहित आयोजित कार्यक्रममा वडा र जिल्ला तहका नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो।


कार्यक्रममा सहभागीहरूले आ–आफ्ना क्षेत्रका समस्या राखेका थिए। प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य टीका संग्राैला (ज्वाला) ले अछाम अब विकासको मार्गमा अघि बढ्ने विश्वास व्यक्त गर्दै विगतका अव्यवस्थित संरचना सुधार गर्न समय लाग्ने बताउनुभयो। उहाँले कार्यकर्तालाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर समाजका वास्तविक मुद्दामा केन्द्रित हुन आग्रह गर्नुभयो।
उहाँले संगठनलाई वडा तहसम्म सुदृढ बनाउन आवश्यक रहेको उल्लेख गर्दै प्रशिक्षणसमेत प्रदान गर्नुभयो।
कार्यक्रम नगर सदस्य सिद्ध केसीको अध्यक्षता तथा सचिव मिलननाथको सञ्चालनमा सम्पन्न भएको हो। यसैबीच, नगर कमिटिले भोलि बिहान मंगलसेन बजार क्षेत्रमा सरसफाइ कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

