मंगलसेन नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीलाई याेजना तर्जुमा सम्वन्धि अभिमुखिकरण

Kirci Gyan Kendra
Saud Agro Kailash

अछाम: मंगलसेन नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट तथा कार्यक्रमलाई प्रभावकारी बनाउन योजना तर्जुमा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।
नगर प्रमुख पदम बहादुर बोहराको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरको वार्षिक बजेट, कार्यक्रम तथा योजना तर्जुमाका विविध विषयमा विस्तृत छलफल गरिएको थियो।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद ढुंगाना, प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारी तथा योजना शाखा प्रमुख विष्णु प्रसाद जैसीले सहजीकरण गर्नुभएको थियो।
उक्त अभिमुखीकरण कार्यक्रममा वडा अध्यक्ष, नगर कार्यपालिका सदस्य, शाखा प्रमुख, वडा सचिव लगायत कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमले आगामी आर्थिक वर्षका योजना तथा कार्यक्रमलाई व्यवस्थित, प्रभावकारी र जनमुखी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.