मालिका सामुदायिक सिकाई केन्द्रद्वारा पञ्चेबाजा समूहलाई पोशाक सहयोग

अछाम:
मालिका सामुदायिक सिकाई केन्द्र, कुन्तिवण्डालीले वडा नं. १ स्थित पञ्चेबाजा समूहलाई पञ्चेबाजा पोशाक (जामा–पगणी सेट) सहयोग गरेको छ। स्थानीय कला, संस्कृति तथा परम्परागत बाजागाजा तथा सीपको संरक्षण एवं प्रवर्द्धन गर्ने उद्देश्यले केन्द्रले उक्त सहयोग प्रदान गरेको हो।

Samajik New Add 2082

यस प्रकारको सहयोगले पञ्चेबाजा जस्ता मौलिक परम्पराको जगेर्ना हुनुका साथै नयाँ पुस्तालाई पनि परम्परागत कला र सीपप्रति आकर्षित गर्न टेवा पुग्ने विश्वास गरिएको छ।सिकाई केन्द्रका अध्यक्ष होमबहादुर साउदको अध्यक्षतामा सम्पन्न पोशाक हस्तान्तरण कार्यक्रममा वडा नं. १ का अध्यक्ष लोकराज नाथ प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा बाेल्दै उहाले पञ्चेबाजा नेपाली मौलिक संस्कृति र पहिचानसँग जोडिएको महत्वपूर्ण सम्पदा भएकाले यसको संरक्षण आवश्यक रहेको बताएका थिए। उनीहरूले यस्ता सहयोगले स्थानीय कला संस्कृतिको संरक्षणसँगै समुदायमा सांस्कृतिक चेतना अभिवृद्धि हुने धारणा व्यक्त गरेका थिए।

कार्यक्रममा सिकाई केन्द्रका उपाध्यक्ष मनिराम थापा, पञ्चेबाजा समूहका अध्यक्ष नयाँराम नेपाली, हुड्के झंकरी नेपाली, सिकाई केन्द्रका सदस्य बिरु कामी, निर्मला साउद (थापा), सका श्रिया जैगडी, समाजसेवी चन्द्रमणि थापा, हरी थापा, भक्त नेपाली लगायतको उपस्थिति रहेको थियो।

केन्द्रले पञ्चेबाजा समूहका सदस्यहरूलाई १० जोर पञ्चेबाजा पोशाक उपलब्ध गराएको जनाएको छ। प्रत्येक सेटमा जामा, पगणी, स्वीटर, बेल्ट र गलबन्दी समावेश गरिएको थियो। कार्यक्रमको सञ्चालन सिकाई केन्द्रका सदस्य कमलबहादुर थापाले गर्नुभएको थियो।

यसैबीच, सोही अवसरमा पञ्चेबाजा समूहको पुनर्गठन समेत गरिएको छ। नयाँराम नेपालीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो। समितिको उपाध्यक्षमा अम्बर नेपाली, सचिवमा कम्मान नेपाली, कोषाध्यक्षमा झंकर नेपाली तथा सहसचिवमा चन्द्र नेपाली चयन हुनुभएको छ।

Leave A Reply

Your email address will not be published.