

जाल्पादेवी आधारभूत विद्यालयको अभिभावक भेला नयाँ विद्यालय व्यवस्थापन समिति गठन गर्दै सम्पन्न भएको छ। भेलाबाट विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा शेर बहादुर थापा सर्वसम्मत चयन हुनुभएको छ।
त्यसैगरी समितिको सदस्यमा माया थापा, लक्ष्मी साउद र लोकेन्द्र थापा चयन हुनुभएको छ। पदेन सदस्यका रूपमा वडा सदस्य चन्द्रकला जैगडी रहनुभएको छ भने शिक्षक सदस्यमा शान्ता कुमारी साउद र विद्यालयका प्रधानाध्यापक रेखा नेपाली सदस्य सचिवमा चयन हुनुभएको छ।
यसअघि विद्यालय व्यवस्थापन समिति अध्यक्ष लाल बहादुर साउदको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा वडा अध्यक्ष लोक राज नाथ प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा कुलदेव सामुदायिक वन समूहका अध्यक्ष श्री हरी थापा विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
भेलामा प्रधानाध्यापक रेखा नेपालीले स्वागत मन्तव्यसहित विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन शिक्षक श्री शान्ता कुमारी साउदले गर्नुभएको थियो।
भेलाले विद्यालयको शैक्षिक तथा संस्थागत विकासका लागि नवगठित व्यवस्थापन समितिले प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेको छ।

