योजनाहरूको अनुगमनमा मंगलसेन नगरपालिकाको तिव्रता

Kirci Gyan Kendra

अछाम:-
संघीय सरकारको परिपत्र अनुसार जेठ महिनालाई भौतिक पूर्वाधार योजनाहरूको गुणस्तर अभिबृद्धी महिनाका रूपमा मनाउँदै नगरले अनुगमनलाई तिव्रता दिएको हो ।
मंगलसेन नगरपालिका भित्र संञ्चालन भइरहेका तथा सम्पन्न योजनाहरूको अनुगमन कार्यलाई नगरले तिव्रता दिएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद ढुङ्गानाको नेतृत्वमा योजना तथा अनुगमन शाखा प्रमुख विष्णु प्रसाद जैसी, पूर्वाधार शाखा प्रमुख इन्जिनियर झनक अधिकारी, सब–इन्जिनियर भरत बोहरा, नारायण जोशी तथा अनिल सोडारीको संयुक्त टोलीले वडा नं. ३, ४, ५, ६, ७, ८, १० र १४ मा सञ्चालन भइरहेका भौतिक पूर्वाधार योजनाहरूको स्थलगत अनुगमन गरेको हो।

Samajik New Add 2082
Saud Agro Kailash

अनुगमनका क्रममा सडक, भवन, खानेपानि, सिचाई लगायतका योजनाहरूको गुणस्तर, प्रगति तथा परिणामको मूल्यांकन गर्नुका साथै आवश्यक सुझाव तथा परामर्श समेत प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत ढुङ्गानाले बताउनु भयो ।
पूर्वाधार शाखा प्रमुख इन्जिनियर झनक अधिकारीका अनुसार नगरपालिका भित्र संञ्चालित करिब ८० प्रतिशत योजनाहरूको कार्य सम्पन्न भइसकेको छ भने बाँकी योजनाहरूको समेत तिव्रताका साथ अनुगमन भइरहेको छ।

सरकार र जनताबीच समन्वय तथा सहकार्य भएमा मात्र सुशासन कायम गर्न सकिने भएकाले हरेकले आफ्नो ठाउँमा बनेको योजनाको अपवनत्व लिनु योजना तथा अनुगमन शाखा प्रमुख विष्णु प्रसाद जैसीले बताउनु भयो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.