मंगलसेन नगरपालिकामा पालिका स्तरीय बाल सञ्जाल गठन

गणेश थापा, अछाम:
मंगलसेन नगरपालिकामा पालिका स्तरीय बाल सञ्जाल गठन गरिएको छ। नगरपालिकाका १४ वटै वडाबाट समावेशी सहभागिता रहने गरी युनिक केसीको अध्यक्षतामा १९ सदस्यीय सञ्जाल गठन गरिएको हो।

Samajik New Add 2082

नवगठित सञ्जालको उपाध्यक्षमा रेजिना गिरि, सचिवमा प्रेम भण्डारी, कोषाध्यक्षमा लक्ष्मण रावल तथा सहसचिवमा जस्मिन बोहरा चयन हुनुभएको छ। समितिमा सबै वडाबाट बालबालिकाको प्रतिनिधित्व सुनिश्चित गरिएको जनाइएको छ।

मंगलसेन नगरपालिका महिला, बालबालिका तथा समाज कल्याण शाखाको सहयोग तथा सहजीकरणमा आयोजित कार्यक्रममा शाखा प्रमुख मञ्जु महत, वडा नं. ५ का सचिव उर्मिला जिसी, मनोसामाजिक संयोजक पानसरा रावल लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा नगरपालिकाभित्रका १४ वटै वडाबाट बालबालिकाको सहभागिता रहेको थियो।

कार्यक्रममा बालअधिकार संरक्षण, बालमैत्री वातावरण निर्माण तथा बालबालिकाको नेतृत्व विकासका विषयमा समेत छलफल गरिएको थियो। सहभागीहरूले बालबालिकाको आवाजलाई स्थानीय तहसम्म प्रभावकारी रूपमा पुर्‍याउन सञ्जालले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए।

Leave A Reply

Your email address will not be published.