

टेकराज भण्डारी, असार ३, अछाम:

वृहत्तर याैनिकता शिक्षा सम्बन्धि शिक्षकहरुलाई ५ दिने तालिम अछामको कमलबजारमा शुरु गरिएको छ ।
काेईका, गुड नेबर ईन्टरनेशनल, युएनएफपिए र सेवक नेपालकाे सहयोगमा वाक नेपालद्वारा सञ्चालित किशाेरी तथा युवतीहरुका लागि सुरक्षित एवम् सहयोगी वातावरण (सेफ गर्लस) अन्तर्गत शिक्षकहरुका लागि तालिम दिईएकाे हाे।
वाक नेपालका अध्यक्ष मीन बहादुर कुँवरकाे अध्यक्षतामा भएको तालिमकाे उद्घाटन सत्रमा प्रमुख अतिथि साँफेबगर नगरपालिकाका उपप्रमुख शिव बहादुर कुँवर शिलाेजले वृहत्तर याैनिकता व्यक्ति र परिवारका लागि महत्त्वपूर्ण विषय भएको बताउनुभयो ।
किशाेरीहरुका लागि नगरपालिकाले पनि विद्यालयमा विभिन्न कार्यहरु गरिरहेकाे भन्दै प्राप्त श्राेत साधनकाे उचित उपयोग गर्नुपर्नेमा जाेड दिनुभयाे ।
शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सबै जुट्नुपर्ने भन्दै उपप्रमुख कुँवरले साँफेबगर नगरपालिकाले स्थानीय पाठ्यपुस्तकमा याैनिकताका विषयमा सामग्री समावेश गरेकाे बताउनुभयो ।
कार्यक्रममा वाक नेपालका अध्यक्ष कुँवरले वाक नेपालले सरकारकाे साझेदारीका रुपमन विभिन्न क्षेत्रमा पारदर्शी रुपमा काम गरिररहेकाे बताउनुभयो ।
तालिमकाे सुदूरपश्चिम विश्वविद्यालयलयका सह प्रध्यापक डाक्टर प्रयागराज जाेशी र जानकी भण्डारीले सहजीकरण गरिररहनु भएको छ ।
तालिममा अछाम जिल्लाका मंगलसेन, कमलबजार र साँफेबगर नगरपालिकाका ३२ वटा माध्यामिक विद्यालयका शिक्षक/शिक्षिकाहरुकाे सहभागीता रहेको गंगा मा. वि. मंगलसेन ६ का शिक्षक टेकराज भण्डारीले जानकारी दिनुभयो ।

