मंगलसेन नगरपालिकाकाे बजेट वक्तव्य: १४ वडा मध्ये कुन वडाले कति बजेट पाए?

गणेश थापाः अछामः मंगलसेन नगरपालिकाले बुधबार आर्थिक वर्ष २०८३/०८४ का लागि बजेट तथा कार्यक्रम पेश गरेको छ। नगरपालिकाले नगर गाैरबका आयोजना, शाखागत वार्षिक कार्यक्रम सञ्चालन तथा वडागत रुपमा समेत बजेट बिनियाेजन गरेकोे हाे।

Samajik New Add 2082

नगरपालिकाले भौगोलिक विकटता, जनसंख्या तथा न्यूनतम विकास आवश्यकतालाई आधार मानेर बजेट बाँडफाँट गरेको जनाएको छ। विनियोजित बजेट अनुसार वडा नं. १३ ले सबैभन्दा बढी ३३ लाख रुपैयाँ बजेट प्राप्त गरेको छ। भौगोलिक रूपमा नगरपालिकाको सबैभन्दा विकट क्षेत्र मानिने उक्त वडामा पूर्वाधार तथा सेवा प्रवाहका चुनौतीलाई मध्यनजर गर्दै बढी बजेट छुट्याइएको हो।
त्यसैगरी, वडा नं. २ ले सबैभन्दा कम ११ लाख रुपैयाँ बजेट प्राप्त गरेको छ।
नगरपालिकाका अनुसार वडा नं. १ मा २६ लाख ४० हजार, वडा नं. ३ मा २८ लाख ६० हजार, वडा नं. ४ मा २५ लाख ३० हजार, वडा नं. ५ मा २८ लाख ६० हजार र वडा नं. ६ मा १९ लाख ८० हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ।
यस्तै, वडा नं. ७ लाई २० लाख ९० हजार, वडा नं. ८ लाई १८ लाख ७० हजार, वडा नं. ९ लाई १९ लाख ८० हजार, वडा नं. १० लाई १८ लाख ७० हजार तथा वडा नं. ११ लाई पनि १८ लाख ७० हजार रुपैयाँ बजेट छुट्याइएको छ।
त्यसैगरी, वडा नं. १२ ले २९ लाख ७० हजार र वडा नं. १४ ले ३० लाख ८० हजार रुपैयाँ बजेट प्राप्त गरेका छन्।

Leave A Reply

Your email address will not be published.