नेकपा एकीकृत समाजवादी रामारोशन कमिटीको प्रथम बैठक सम्पन्न

अछामः
नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी रामारोशन गाउपालिका संगठन कमिटीको प्रथम बैठक सम्पन्न भएको छ । अध्यक्ष भरत बिष्टको अध्यक्षतामा बसेकाे बैठकले बिभिन्न निर्णय पारित गरेको हो ।


बैठक मार्फत पालिका भरिका सबै वडामा कार्यक्रम सहित मंसिर ११ गतेभित्र वडा कमिटी गठन गरिसक्ने र पार्टीको संगठित सदस्यता अध्यावधिक सहित नविकरण गर्ने लगाएतका निर्णय पारित गरिएका छन । बैठकलाई सम्बोधन गर्दै पार्टीका जिल्ला अध्यक्ष हिरण्ड भट्टराईले पार्टीलाई जनताको माझमा लोकप्रिय बनाउदै लैजान सबै नेता एकमतका साथ अघि बढन निर्देशन दिनु भयो । जिल्ला कमिटी सचिवालय सदस्य तथा गाउपालिका ईन्चार्ज तारा खनाल बिशिस्ट अतिथी रहनु भएको थियो ।
बैठकमा जिल्ला कमिटी सचिवालय सदस्य प्रभु खनाल, भानु खनाल, जिल्ला सदस्य मान बहादुर साउद, झपट कुवर, दान बहादुर कुवर, जनक रावल, सीता भण्डारी, जनक बिष्ट लगाएतका अतिथी रहनु भएको थियो । बैठकको संन्चालन गाउपालिका कमिटी सचिव जगनाथ खनालले गर्नु भएको थियोे ।

