हिम विश्वकर्माको अध्यक्षतामा मालिका विकास संघको ९ सदस्यीय नयाँ नेतृत्व चयन

मालिका बिकास संघ नेपाल अछामको २८ औं बार्षिक साधारण सभाले आगामी ३ बर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको छ । उदघाटन पछि भएको बन्दसत्रले यस अघिका कार्यवाहक अध्यक्ष हिम बहादुर विश्वकर्माको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।


जसमा वरिष्ठ उपाध्यक्ष राधा रावल, उपाध्यक्ष ज्ञानेन्द्र बहादुर रावल, सचिव झपटराज उपाध्याय, कोषाध्यक्ष सानू कुवर रावल चयन भएका हुन । यस्तै सदस्यमा कृष्ण बहादुर रावल, जगत लुहार, एकेन्द्र विश्वकर्मा र निर्मला टमट्टा चयन भएका मालिका विकास संघद्वारा संचालित परिवर्तन परियोजनाका जिल्ला संयोजक रतन रावलले जानकारी दिनु भयो ।

२०५० सालमा जिल्ला प्रशासन कार्यालय अछाममा दर्ता भई सुरु भएको मालिका विकास संघ नेपालमा हाल २५ जना आजिवन र ४७ जना साधारण सदस्य गरी ७२ जना सदस्य रहेका छन ।

