लैगिँक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत मंगलसेन -४ का महिलासँग अन्तरक्रिया

लैगिँक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत मंगलसेन वडा नम्बर -४ का महिलाहसँग अन्तक्रिया गरिएको छ । कार्यक्रममा लैगिंक हिंसाले महिलाहरुमा पारेको असर र यसबाट सिर्जित समस्याका बारेमा बृहत छलफल गरिएको थियो ।

वडा नम्बर ४ का वडा सदस्य भावना केसीको अध्यक्षतामा भएको कार्यक्रममा सहभागि महिलाले घर भित्रै तथा बाहिर भोग्नु परेका समस्या बारे खुलेर बोलेका थिए ।

छलफलमा UNFPA जिल्ला संयोजक आस्था रिजाल, मंगलसेन नगरपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा संयोजक मन्जु महत र पिसविन बाजुराका फिल्ड सुपरभाइजर राधा आचार्यले उठेका जिज्ञासा तथा हिसा न्युनिकरण गर्ने उपायका बारेमा जानकारी गराउनु भएको थियो ।
मंगलसेन नगरपालिकाको आयोजना तथा UNFPA , पिसविन बाजुरा, वाक नेपालको आर्थिक सहयोगमा भएको कार्यक्रमको संचालन वडा नम्बर ४ का वडा सचिव उर्मिला जिसि ले गर्नु भएको थियो ।
सो कार्यक्रममा वाक नेपालका फिल्ड अधिकृत गिता ढुंगाना, इलाका प्रहरी कार्यालयका प्रमुख, सब इन्जिनियर संगीता चलाउने लगायतको उपस्थिति रहेको थियो ।

