हिसां न्युनिकरणमा सबै पक्ष एकमत भएर अघि बढनुपर्नेमा सरोकारवालाको जोड

जिल्लामा महिला तथा लैंगिक हिंशाको अवस्था र लैँगिक हिंशा न्युनिकरणमा सरोकारवालाहरु संगको अन्तरक्रिया कार्यक्रम सदरमुकाम मंगलसेनमा सम्पन्न भएको छ ।

शिक्षाका लागी राष्ट्रिय अभियान जिल्ला समन्वय समिति अछामको आयोजनमा भएको कार्यक्रममा बोल्दै अछामका प्रमुख अतिथि रुद्र बहादुर मल्लले महिलामाथि हुने बिभिन्न प्रकारका हिंशाहरु अन्त्य गर्न जिम्मेवार पक्षले काम गर्नुपर्नेमा जोड दिनुभएको छ ।
यसका साथै उहाँले हिंशा गरेको ब्यक्तिलाई कारबाहिको दायरामा नल्याउने हो भने हिंशाको स्वरुप बृद्धि हुनसक्ने बताए । हाम्रो समाजमा अहिले मदिराका कारण बढिमात्रामा यस्ता प्रकारका हिंशा हुने गरेको भन्दै उहाँले जिल्लामा मदिरा लाई ब्यवस्थापन गर्नतर्फ स्थानिय सरकारले यसमा ध्यान दिनुपर्ने बताए ।
एक अर्को प्रशंगमा बोल्दै प्रमुख जिल्ला अधिकारी मल्लले अछाम जिल्लामा छाउपडी प्रथाका कारण पनि यस्तो किसिमको हिंशा हुने गरेको बताउनुभयो । यसका साथै यस्ता प्रकारका हिंशाबाट जोगिन महिलाहरुले पनि स्वयम सचेत बन्नुपर्ने बताए ।
अहिले स्थानिय तहमा यस्ता प्रकारका हिंशाहरु लाई समाधान गर्न न्यायिक समितिहरु रहेकाले जनतालाई बिश्वास दिलाउन न्यायिक समितिले प्रभाबकारी काम गर्नुपर्नेमा जोड दिनुभयो । यस्तै उहाँले पछिल्लो समय महिलाहरु सचेत बन्न थालेकाले प्रहरी प्रशासन समक्ष उजुरी आउने क्रम बढेको पनि बताउनुभयो ।
अछाम जस्तो बिकट जिल्लामा कर्मचारी अभाबका कारण पनि नागरीकहरुलाई समयमै सेवा दिन समस्या सिर्जना भैरहेको उहाँको भनाई छ । अछाम जिल्लामा प्रहरी प्रशासन र जिल्ला प्रशासनमा पनि कर्मचारी अभाबका कारण समयमा नागरिक हरुलाई सेवा दिन नसकिएको भनाई राख्नुभयो ।

संघिय संरचना पछि स्थानिय सरकार बढि अधिकार सम्पन्न भएकाले स्थानिय सरकारले यस्ता कुराहरुमा बढि मात्रामा निगरानी राख्नुपर्ने उहाँको भनाई छ । चेतनाको अभाबका कारण हाम्रो समाजमा आफुमाथि हिंशा भएपनि त्यसलाई लुकाउने प्रबृति हाबि भएको भन्दै उहाँले यस्तो प्रबृति अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।
शिक्षाका लागी राष्ट्रिय अभियान जिल्ला समन्वय समिति अछामको सदस्य संस्था मालिका बिकास संघका कार्यसमिति सदस्य एकेन्द्र बहादुर विकको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै मंगलसेन नगरपालिका वडा नः ३ का अध्यक्ष एबम् कार्यबाहक नगरप्रमुख पदम सिंह भाटले महिला हिंशा अन्त्यका लागी नगरपालिका तयार रहेको बताउनुभएको छ ।
नगरपालिकाको न्यायिक समितिका सदस्य समेत रहनुभएका कार्यबाह नगर प्रमुख भाटले संघियता पछिको पहिलो अभ्यास भएकाले यो सिकाई मात्र भएको बताउनुभयो ।
नगरपालिकाको न्यायिक समितिमा पनि महिला हिंशाका घटनाहरु लाई परामर्शद्धारा निरुपण गर्नका लागी तालिम प्राप्त कर्मचारीको अभाव रहेको बताउनुभयो । महिला बिरुद्ध हुने बिभिन्न प्रकारका हिंशाहरु अन्त्यका लागी वडा तथा नगर सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
अहिले सम्म नगरपालिकाको न्यायिक समितिमा दर्ता भएका उजुरीहरु मध्ये अधिकाँस उजुरीहरु निरुपण गरीसकिएको समेत उहाँको भनाई छ । अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकाँस सरोकारवालाहरुले लैँगिक हिंशा अन्तय गर्न सबैले आफु सचेत हुन जरुरी रहेको बताएका थिए ।
अहिले पनि समाजमा बिभिन्न प्रकारका हिसाहरु बढ्दै गएकाले यसको निराकरणका लागी सबैपक्षले सहयोग गर्नुपर्ने उनिहरुको तर्क थियो । हिंशा अन्त्य गर्न घरबाटै अभियान सुरु गर्नुपर्ने भन्दै उनिहरुले यस्ता किसिमका बिभेदहरु अन्त्य नभएसम्म समाजले बिकासको मुहार फेर्न नसक्ने भनाई राखेका थिए ।
कार्यक्रममा मंगलसेन प्रहरी चौकि ईन्चार्ज, मंगलसेन नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख मन्जु महत, नागरिक समाज अछामका अध्यक्ष शंकर बहादुर रावल, युवा संजाल अछामका अध्यक्ष होम बहादुर साउद, अछाम क्याम्पस प्रमुख छत्र बहादुर बिष्ट लगाएतले सुझाव सहित प्रतिबद्धता जनाउनु भएको थियो ।
समन्वय समिति सदस्य मिना ढुँगानाको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सदस्य नरेश कुमार शाहीले गर्नुभएको थियो भने सञ्चालन सदस्य कमल कुमार रावलले गर्नुभएको थियो ।

