रुपान्तरण कक्षाका साथी शिक्षकलाई १३ दिने जिवन उपयोगी सीप र आत्मरक्षा तालिम दिईयो

Kirci Gyan Kendra

जिवन उपयोगी सीप र आत्मरक्षा सम्बन्धि १३ दिने तालिमको साँफेबगरमा समापन गरिएको छ । रुपान्तरण कक्षाका साथी शिक्षक लाई दिईएको १३ दिने तालिम वर्ल्ड भिजन इन्टरनेसनल नेपालक आर्थिक सहयोग र आस्था नेपालको आयोजनामा भएको थियो ।

Samajik New Add 2082

संस्था मार्फत सञ्चालित बाल स्पोनसरसीप तथा बाल संरक्षण परियोजना अन्तर्गत प्रत्येक शनिबार सञ्चालन हुने रुपान्तरण कक्षाका साथीहरूलाई जिबन उपयोगी सिप अन्तर्गत रुपान्तरण कक्षाको १५ वटा खण्डहरुको बारेमा तालीम सहभागीलाई दिईएको थियो ।

Saud Agro Kailash

तालिम लिए पश्चात रुपान्तरण कक्षामा सहभागी हुने किशोर र किशोरीहरुलाइ उक्त खण्ड पढाउने सङ्गसङ्गै समाजमा जरा गाडेर बसेका सामाजिक बिकृती,बिसंङ्गती,बाल बिबाह,लैङ्गकि हिंसा, जातीय भेदभाव, छुवाछूत छाउपडी प्रथा महिला हिंसा र घरेलु हिंसा जस्ता सामाजिक बिकृतीहरु अन्त्य गर्नको लागि रुपान्तरण कक्षाका सहभागी लाई सिकाउने र समुदायका मानिसहरु लाइ जनचेतना फैलाएर समाजको रुपान्तरण गर्ने बताईएको छ ।

आस्था नेपालका जिल्ला प्रबन्धक रुपक चन्दले मंसिर ९ गते औपचारिक रुपमा उद्घाटन गरि सुरु भएको तालिमको आज आस्था नेपालका जिल्ला अध्यक्ष निर्मला रावलले सम्पुर्ण सहभागी र सहयोगीलाइ धन्यवाद ज्ञापन गर्दै समापन गर्नु भएको थियो ।

समापन कार्यक्रममा वर्ल्ड भिजन इन्टरनेसनल नेपालका मनोज बिस्ट, आस्था नेपालका जिल्ला कार्य समिती सदस्य पुस्प कठायत, सुदुरपश्चिम खेलकुद समिती सदस्य बिएस ओड,आस्था नेपालका कार्यक्रम अधिकृत भिम बहादुर खत्री, आस्था नेपालका तपेन्द्र बिक, कमल खड्काको सहभागिता रहेको थियो ।

१३ दिनसम्म चलेको तालिमको सहजिकरण एनएन फाउन्डेसन झापाका प्रशिक्षक बिन्जु बराल, मन्दिप सुरिले गर्नु भएको थियो । समापन कार्यक्रमको सञ्चालन आस्था नेपालका भ्वान सिंह सार्किले गर्नु भएको थियो।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.