बृहत यौनिकता शिक्षा कार्यक्रमको मंगलसेनमा समीक्षा

Kirci Gyan Kendra

अछामका विभिन्न विद्यालयमा संचालन भएको बृहत यौनिकता शिक्षा कार्यक्रमको मंगलसेनमा समीक्षा गरिएको छ । UNFPA को आर्थिक सहयोग, फाया नेपाल धनगढी कैलालीको सहकार्यमा विद्यालयमा बृहत यौनिकता शिक्षा कार्यक्रम संचालन गरेर किशोर किशोरीमा आएको परिवर्तन, उपलब्धिको बारेमा समीक्षा गरिएको थियो ।

Samajik New Add 2082

जिल्लाको कमलबजार नगरपालिकाकाे चक्रेश्वरी माध्यामिक विद्यालय, कालिका माध्यामिक विद्यालय विरपथ, मंगलसेन नगरपालिकाको मंगला नेरा मावि वलिगाउ, षोडशा माध्यामिक विद्यालय, कुन्ति माध्यामिक विद्यालय र राधा माध्यमिक विद्यालयबाट सहभागी शिक्षक तथा किशोर किशोरीले यौनिकता शिक्षा कार्यक्रम विद्यालय स्तरमा प्रभावकारी बन्दै गएकाले आगामि दिनमा अझै सुचना, सन्देश मार्फत प्रचारप्रसारमा जोड दिनु पर्ने बताउनु भयो ।

अझैपनि विद्यालय स्तरमा बृहत यौनिकता शिक्षाका बारेमा खुलेर बोल्न सक्ने वातावरण नवनेकाले यसमा बिशेष जोड दिनुपर्ने बताउनु भयो । साथै सहभागी सबै किशोर किशोरीले आगामि दिनमा आ आफ्नो तर्फबाट विद्यालय तहमा गर्ने सक्ने कार्यको बारेमा कार्ययोजना समेत तयार पारेका छन ।

त्यस अघि मंगलसेन नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख दिपेन्द्र बिष्टको अध्यक्षतामा भएको गोष्ठीको उदघाटन मंगलसेन नगरपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा संयोजक मन्जु महतले गर्नु भएको थियो । गोष्ठीको सहजिकरण स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगाना, UNFPA अछामका प्रमुख भरत गोतामे, फाया नेपाल धनगढी कैलालीका प्राविधिक अधिकृत रमेश थापाले गर्नु भएको थियो ।

Saud Agro Kailash

मंगलसेन नगरपालिकाको आयोजनामा भएको कार्यक्रमको संचालन मंगलसेन नगरपालिका स्वास्थ्य शाखा सिनियर अहेब चन्द्र प्रसाद ढुगांनाले गर्नु भएको थियो ।

यसैबिच मंगलसेन नगरपालिका स्तरिय बृहत यौनशिक्षा प्राविधिक कार्य समूह समितिले वृहत यौनिकता शिक्षाको वारेमा गरेका कामको समीक्षा र प्रभावकारीताको बिषयमा समीक्षा गरेको छ । समितीका संयोजक तथा मंगलसेन नगरपालिका वडा नम्बर ४ का अध्यक्ष पदम बहादुर धामीको अध्यक्षतामा भएको छलफलमा विद्यालय स्तरमा हुने यौनिकता शिक्षा कार्यक्रम प्रभावकारि बनाउनका लागि सबैको भुमिका महत्त्वपूर्ण हुने बताएका थिए ।

ज्ञान, सीप लिएका हरेक शिक्षकले किशोर किशोरीलाई जानकार बनाउदै अघि बढनु पर्ने बताएका थिए । सोही समितिले UNFPA को आर्थिक सहयोगमा मंगलसेन नगरपालिकाका २ विद्यालय षोडशा माध्यमिक विद्यालय र राधा माध्यामिक विद्यालयलाई कीशोर किशोरी मैत्रि सेवा संचालन गर्ने गरि छनोट गरिएको छ ।

बैठकमा नगरउपप्रमुख तथा समिति संयोजक सरिता उपााध्यायले यौनिकता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन स्कुलमा संचालन नर्सिङ कार्यक्रम प्रभावकारि बााउदै जाने बताउनु भयो । छलफलमा मंगलसेन नगरपालिका प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारी, स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुगाना, UNFPA अछामका प्रमुख भरत गोतामे, फाया नेपाल धनगढी कैलालीका प्राविधिक अधिकृत रमेश थापा समितिका सदस्य, सरोकारवालाको सहभागिता रहेको थियो ।

बैठकको संचालन मंगलसेन नगरपालिका स्वास्थ्य शाखा सिनियर अहेब चन्द्र प्रसाद ढुगांनाले गर्नु भएको थियो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.