वाणिज्य संघको केन्द्रिय सचिवमा देवराज उपाध्याय र सदस्यमा गंगाराम बोगटी चयन

अछामका दुई जना ब्यापारी नेपाल राष्ट्रिय बाँणिज्य संघको केन्द्रीय पदाधिकारीमा चयन भएका छन । संघको हालै सम्पन्न तेस्रो महाधिवेशनबाट कैलाश स्टोर मंगलसेनका संचालक देवराज उपाध्याय केन्द्रीय सचिव निर्वाचित हुनुभएको हो भने त्रिपुरा सुन्दरी एण्ड ट्रेडर्सका संचालक गंगाराम बोगटी केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको हो ।


लामो समय देखी अछाम सदरमुकाम मंगलसेनमा व्यापार व्यावसाय गर्दै आएका उनीहरु दुबै जना अछामका प्रतिष्ठित व्यापारीहरु मध्येमा पर्नुहुन्छ । यसअघि संघको केन्द्रिय सदस्य रहनुभएका उपाध्यायले केन्द्रिय सचिवमा निर्वाचित भएसंगै व्यापारी व्यावसायीको हकहितका लागि क्रियाशिल रहने बताएका छन ।
नेकपा एमाले निकट व्यापारीहरुको संगठन नेपाल राष्ट्रिय बाँणिज्य संघ एमालेको भातृ संगठनका रुपमा रहेको छ । संघको केन्द्रिय तहमा मंगलसेनका दुईजना व्यापारी पुगेपछी सुभेच्छुकहरुले सामाजिक संजालमा बधाई तथा शुभकामना ब्यक्त गरिरहेका छन ।

