मंगलसेन -१३ वस्तीमा योजना सम्झौता तथा कार्यान्वयन सम्वन्धि अनुशिक्षण गराईयो

Kirci Gyan Kendra

अछाम १३ पौषः

Samajik New Add 2082

योजना सम्झौता तथा कार्यान्वयन सम्वन्धि अनुशिक्षण कार्यक्रम मंगलसेन नगरपालिका १३ बस्तीमा सम्पन्न भएको छ । मंगलसेन नगरपालिकाको आयोजना तथा वडा कार्यालयको समन्वयमा कार्यक्रम गरिएको हो  ।

Saud Agro Kailash

वडा अध्यक्ष प्रेम बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा उपभोक्ता समितिका पदाधिकारीहरुलाई योजना कार्यान्वयनमा देखिने अन्यौलताबारे प्रष्ट पारिनुका साथै

सम्झौता प्रक्रिया देखी भुक्तानी प्रक्रिया सम्मका विभिन्न चरण तथा अनलाईन योजना सम्झौता र सफ्टवेयरबारे पनि जानकारी गराईएको थियो । अनलाईन मार्फत योजना सम्झौता कार्य गरिदा उपभोक्ता समितिहरुलाई नगरपालिकामा पुग्नुपर्ने झन्झटको अन्त्य हुने भन्दै उपभोक्ताहरु खुसी भएका जनाईएको छ ।

नगरपालिकाको योजना शाखाका नन्दराज ढुंगाना र झनक अधिकारीले सहजिकरण गर्नुभएको अनुशिक्षण कार्यक्रममा वडामा गठित सबै उपभोक्ता समिति पदाधिकारीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन वडा सचिव डण्डी प्रसाद ढुंगानाले गर्नुभएको थियो ।

सोही कार्यक्रम भाोलि १ र २ नम्वर वडामा गरिने नगरपालिकाले जनाएको छ ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.