राष्ट्रिय स्वास्थ्यकर्मि सँघ अछामको नयाँ नेतृत्व चयन

Kirci Gyan Kendra

राष्ट्रिय स्वास्थ्य कर्मि सँघ अछामको तेस्रो जिल्ला अधिबेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । अधिबेशनको बन्दसत्रले चन्द्र प्रसाद ढुगानाको अध्यक्षतामा आगामी ३ बर्षे कार्यकालका लागि ३१ सदस्यीय जिल्ला कार्य समिती चयन गरेको हो ।

Samajik New Add 2082
Saud Agro Kailash

जसमा उपाध्यक्ष लोकेश कुवर, जमुना बोहरा, सचिव मान बहादुर बुढा, कोषाध्यक्ष तुलसी साउद लगाएतका सदस्य रहेका छन । अधिबेशनको उदघाटन नेकपा एमालेका केन्द्रीय सदस्य तथा अछाम सहईन्चार्ज यज्ञ बोगटीले गर्नु भएको थियो ।

राष्ट्रिय स्वास्थ्य कर्मि सँघ केन्द्रीय अध्यक्ष राम बहादुर चन्द र मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहरा बिशिस्ट अतिथि रहनु भएको कार्यक्रम मंगलसेन नगरपालिका उपप्रमुख सरिता उपाध्याय, स्वास्थ्यकर्मि संघका केन्द्रीय सदस्य शिद्ध प्रसाद ढुगाना सहित जिल्ला भरिका सँघमा आबद्ध स्वास्थ्यकर्मीको सहभागीता रहेको थियो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.