एमाले अछामको आठौँ अधिबेशनको उदघाटन मंगलसेनमा सम्पन्न
काग्रेस सरकारमा गएपनी गणना गर्न लायक काम गरेको छैनः नेता बोहरा

नेकपा एमाले अछामका ईञ्चार्ज झपट बोहराले नेपाली काग्रेसको नेतृत्वमा पटक पटक सरकार बनेता पनी जनताका लागी कुनै पनी उपलब्धीमुलक काम हुन नसकेको बताउनु भएको छ । एमाले अछामको आठौैं जिल्ला अधिवेशनको उदघाटन समारोहमा प्रमुख अतिथिको आशनबाट बोल्दै नेता बोहराले शैक्षिक, सडक, खानेपानी, सिचाई, शिक्षा, स्वास्थ्य क्षेत्रमा भएका उपलब्धी सबै केपी शर्मा ओली सरकारले अघि बढाएको बताउनु भयो ।

नेता बोहराले आम नेपाली गणना गर्न लायक ऐतिहासीक उपलब्धी कुनै हासिल नभएका बताउनु भयो । एक अर्को प्रसंगमा नेता बोहराले कम्युनिष्ट आन्दोलन टुटफुटमा बिचमा अघि बढेकाले अझै एकठाउमा सबै उभिन आवश्यक रहेको बताउनु भयो ।


जिल्ला अध्यक्ष नन्द बहादुर कडायतको अध्यक्षतामा भएको कार्यक्रमका बिशिष्ट अतिथि नेकपा एमाले अछामका सह ईञ्चार्ज यज्ञ बोगटीले केपी शर्मा ओली सरकारको नेतृत्वले गरेका काम देखेर बिरोधीदल संशकीत भएको बताउनु भयो । सडक, भुकम्पले भत्किएको संरचना, खानेपानी, सडक निर्माण लगाएत राष्ट्र र राष्ट्रियताको बारेमा केपी ओली मात्र बोल्न सकेका बताउनु भयो ।

अछाम सदरमुकाम मंगलसेनको खुल्लामञ्चमा भएको उदघाटन कार्यक्रममा नेकपा एमाले केन्द्रिय अनुशासन आयोग सदस्य हर्क बहादुर कुवर गोविन्द, नेकपा एमाले प्रदेश कमिटी उपाध्यक्ष कमलराज तिमिल्सैना, सविधान सभा सदस्य भैरे कामी, भरत साउद, प्रदेश कमिटी सदस्य कृष्ण प्रसाद जैसी, पदम बहादुर बोहरा, शिव प्रसाद उपाध्याय, खगेन्द्र रोकाया, मना अधिकारी, अनेरास्वीयु केन्द्रिय उपाध्यक्ष डिबी साउद, मुक्ति समाज अछाम ईञ्चार्ज जँग विक, अनेम संघ जिल्ला अध्यक्ष लक्ष्मी बोगटीले शुभकाम मन्तव्य राख्दै सशक्त, सर्वसम्मत, नेतृत्व एमाले अछाममा आवश्यकता भएकाले एकताबद्ध भएर नयाँ नेतृत्व चयन गर्न सुझाव दिएका थिए ।
जिल्ला कमिटी सचिवालय सदस्य प्रकाश शाहको स्वागत मन्तव्यबाट बाट सुरु भएको कार्यक्रमको संञ्चालन सचिवालय सदस्य चन्द्र बोहराले गर्नु भएको थियो । पार्टिको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान १० बजेबाट मालिका रंगशालामा बन्दसत्र सुरु हुनेछ । बन्दसत्रमा झण्डै ७ सय बढी प्रतिनीधी सहभागी हुनेछन ।


