वाक नेपाल मार्फत मंगलसेन नगरपालिकामा संचालन हुने कार्यक्रम बारे जानकारी गराईयो

मंगलसेन नगरपालिकामा सेभ द चिल्ड्रेनको सहयोगमा वाक नेपाल मार्फत सन २०२२ मा संचालन हुने क्रियाकलापको बारेमा सरोकारवालालाई जानकारी गराईएको छ । बिशेष गरि वडा नम्बर ४,५,६ र ७ नम्बर वडामा १ बर्षको अवधिमा संचालन हुने कार्यक्रमको जानकारी गराईएको थियो ।

१ बर्षको अवधिमा बालबालिका, कीशोरकिशोरी, युवा, अभिभावकसँग हुने कार्यक्रमको बारेमा वाक नेपाल बुलगारी परियोजनाका संयोजक महादेव ओझाले जानकारी गराउनु भएको थियो । १ बर्षमा ६६ लाख ९१ हजार ४ सय ३२ बजेटमा नगरका नीति तथा समन्वयात्मक कार्यक्रम र कार्यक्षेत्रका विद्यालयमा कार्यक्रम हुने ओझाले बताउनु भयो ।
समुदायमा एकीकृत जीवन सीप उपयोगी शिक्षा संचालन विद्यालय तथा बालक्लब, किशोर किशोरी समुह, युवा क्लब तथा किशोरी समूह गठन, उमेर पुगेपछि विवाह गर्नुको महत्वबारे लगाएतका कार्यक्रम रहने ओझाले बताउनु भयो ।

कार्यक्रमका अध्यक्ष मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहराले कार्यक्रम निकै प्रभावकारी भएकाले प्रभावकारीताका लागि सबैले सहयोग गर्नुपर्ने बताउनु भयो । शिक्षा क्षेत्रका कार्यक्रमले बालबालिकामा सीप, ज्ञान, सहित आम्दानी तिर अघि बढाउने भएकाले हरेकले अपनत्व ग्रहण गर्नुपर्नेमा जोड दिनु भयो । सस्थाको कार्यक्रम स्थानिय सरकारको पनि भएकाले सबैले सफल बनाउन सहयोग गर्नुपर्ने बताउनु भयो ।
यस्तै कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालयका प्रकाश उपाध्यायले सस्था मार्फत हुने कतिपय कार्यक्रममा सहकार्य गर्दै अघि बढन सके प्रभावकारी हुने बताउनु भयो । ब्याबसायमा जोडने कार्यक्रम घरेलु कार्यालयसँग समेत भएकोले एकद्वार प्रणाली मार्फत अघि बढने बताउनु भयो ।
परिचयात्मक कार्यक्रममा उपप्रमुख सरिता उपाध्याय, निमित्त प्रमुख प्रशासकिय अधिकृत खकेन्द्र बहादुर सोडारी, वडा नम्बर ४ का अध्यक्ष पदम बहादुर धामी, वडा नम्बर ६ का अध्यक्ष जनकराज भण्डारी, ७ का अध्यक्ष सिद्धराज ढुगाना, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख जगत बहादुर रावल लगाएतका अतिथि रहनु भएको थियो ।
कार्यक्रमको संचालन वाक नेपालका फिल्ड अधिकृत गिता कुमारी ढुगांनाले गर्नु भएको थियो ।

