शैक्षिक गुणस्तर सुधारका लागि मंगलसेनका सबै वडामा अन्तरक्रिया सकियो

अन्तरक्रियाले शिक्षक, विद्यार्थि र अभिभावकमा उर्जा थपिएको विश्वास

Kirci Gyan Kendra

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि मंगलसेन नगरपालिकाका सबै वडाहरुमा एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा नगरका हरेक वडाको एक/एक विद्यालयमा सरोकारवालाविच अन्तरक्रिया गरिएको हो ।

Samajik New Add 2082

पुष १३ गतेबाट सुरु भएको चरणबद्द अन्तरक्रियाको शिलशिला माघ ८ गतेसम्म संचालन भएको थियो । प्रगतिशिल आधारभूत विद्यालय मंगलसेन १ लेष्टिगाडबाट सुरु भएको अभियान यशोधरा मावि वडानम्वर १३ बाँडामा अन्तरक्रिया गरेर सम्पन्न गरिएको मंगलसेन नगरपालिकाका शिक्षा अधिकृत जगत रावलले बताउनुभयो ।

Saud Agro Kailash

प्रगतिशिल आधारभूत विद्यालय र यसोधरा मावि सहित वडानम्वर २ को खम्म आ.वि., वडानम्वर ३ को शिवनिवास आ.वि., वडानम्वर ४ को राधा मावि, ५ को षोडशादेवी मावि, ६ को मालिका आ.वि.मा अन्तरक्रिया गरिएको जनाईएको छ । यस्तै वडानम्वर ७ को कालिका आ.वि. पैयाँकोट, वडानम्वर ८ को सरस्वती आ.वि. कुष्काटियाँ, वडानम्वर ९ को मंगला मावि, १० को कैलाशेश्वर आ.वि., ११ को सरस्वती आ.वि., १२ को कालिका आ.वि. बिर्कु र १४ को नवप्रभात आ.वि. रोलमा अन्तरक्रिया संचालन गरिएको शिक्षा अधिकृत रावलको भनाई छ ।

अन्तरक्रियाका लागि शिक्षा शाखाको अगुवाईमा नगरप्रमुख पदमबहादुर बोहरा, उपप्रमुख सरिता उपाध्याय, सामाजिक विकास समिति संयोजक पदम बहादुर धामी सहित विभिन्न वडाका वडा अध्यक्षहरु लगायत सरोकारवालाको सहभागीता रहेको थियो । अन्तरक्रियाले शिक्षक, विद्यार्थि र अभिभावकमा उर्जा थपिएको पाईएको छ । जनप्रतिनिधि सहित विद्यालय स्तरमा शैक्षीक गुणस्तर र शैक्षीक सुधारका सवालमा छलफल गरिदा सबै सरोकारवालाले जिम्मेवारी बोध गरेको शिक्षा अधिकृत रावलको भनाई छ । ‘पहिलो चरणको यो अभियानले सकारात्मक सन्देश प्रवाह भएको छ रावलले’ भन्नुभयो – “यस्तै खाले क्रियाकलापलाई आगामी दिनमा पनि निरन्तर अगाडी बढाईनेछ ।”

नगरव्यापी रुपमा भएको अन्तरक्रियाको सहजिकरणका लागि शिक्षा अधिकृत रावल सहित शिक्षा शाखाका प्रा.स. दिपक भण्डारी र दिपेन्द्र बिष्ट लगायत अन्य कर्मचारीहरुले समेत सहभागिता जनाएका थिए । १४ वटै वडाका निश्चित १४ वटा विद्यालयमा भएको अन्तरक्रियाले अन्य विद्यालयहरुलाई पनि सशक्त हुन प्रेरित गरेको पाईएको छ । परिणामस्वरुप कतिपय विद्यालयहरुले स्वःस्फूर्त रुपमा सरोकारवालाहरुविच अन्तरक्रियात्मक कार्यक्रम समेत गरेका छन ।

बिव्यस र शिक्षक अभिभावक संघका पदाधिकारी, शिक्षक, विद्यार्थि तथा सरोकारवालाहरुको उपस्थितिमा भएका अन्तरक्रियाले विद्यार्थिको दैनीक उपस्थिति दर बृद्दि गर्ने, शैक्षीक गुणस्तर सुधार गर्ने र सामुदायिक विद्यालयको अवस्था सुधारका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको निष्कर्ष समेत निकालिएको छ ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.