तुर्माखाँद गाउँपालिकामा योग शिविर सञ्चालन हुने

Kirci Gyan Kendra

निराजन भण्डारी : तुर्माखाँद गाउँपालिकामा निःशुल्क योग शिविर सञ्चालन हुने भएको छ । यही चैत्र ७ गते १ दिने योग शिविर सञ्चालन हुन लागेको गाउँपालिकाले जनाएको छ। शिविरमा शारीरिक, मानसिक समस्या तथा योग आयुर्वेद, प्राकृतिक चिकित्सक पद्धतिद्वारा उपचार गरिने गाउँपालिकाद्धारा जारी सूचनामा उल्लेख गरिएको छ ।

Samajik New Add 2082
Saud Agro Kailash

निःशुल्क रूपमा शिविर सञ्चालन हुने भएकाले गाउँपालिका क्षेत्र भित्रका नागरिकहरूले उपस्थित भई निःशुल्क सेवाको लाभ लिन हुन गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम बहादुर बुढाले आग्रह समेत गर्नु भएको छ ।

योग प्रक्षिक बिद्य शान्ति महाअभियानका शान्ति दूत योग यात्री विष्णु बहादुर खड्काद्वारा शिविर सञ्चालन हुन लागेको प्रमुख प्रशासकीय अधिकृत बुढाले जानकारी दिनु भएको छ ।

शिविर तुमाखाँद गाउँपालिका वडा नम्बर ४ कालिकेश्वरी माध्यमिक विद्यालयको प्राङ्गणमा यही चैत्र ७ गते बिहान १० बजे देखि सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.