तुर्माखाँद गाउँपालिकामा योग शिविर सञ्चालन हुने

निराजन भण्डारी : तुर्माखाँद गाउँपालिकामा निःशुल्क योग शिविर सञ्चालन हुने भएको छ । यही चैत्र ७ गते १ दिने योग शिविर सञ्चालन हुन लागेको गाउँपालिकाले जनाएको छ। शिविरमा शारीरिक, मानसिक समस्या तथा योग आयुर्वेद, प्राकृतिक चिकित्सक पद्धतिद्वारा उपचार गरिने गाउँपालिकाद्धारा जारी सूचनामा उल्लेख गरिएको छ ।

निःशुल्क रूपमा शिविर सञ्चालन हुने भएकाले गाउँपालिका क्षेत्र भित्रका नागरिकहरूले उपस्थित भई निःशुल्क सेवाको लाभ लिन हुन गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम बहादुर बुढाले आग्रह समेत गर्नु भएको छ ।

Janahitkari notice EYE

योग प्रक्षिक बिद्य शान्ति महाअभियानका शान्ति दूत योग यात्री विष्णु बहादुर खड्काद्वारा शिविर सञ्चालन हुन लागेको प्रमुख प्रशासकीय अधिकृत बुढाले जानकारी दिनु भएको छ ।

शिविर तुमाखाँद गाउँपालिका वडा नम्बर ४ कालिकेश्वरी माध्यमिक विद्यालयको प्राङ्गणमा यही चैत्र ७ गते बिहान १० बजे देखि सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.