विपद जोखिम व्यवस्थापन सम्बन्धि २ दिने तालिम रामारोशनमा सुरु

Kirci Gyan Kendra

दल बहादुर साउद : विपद जोखिम व्यवस्थापन स्थानियकरण सम्वन्धि जनप्रतिनिधिका लागि २ दिने क्षमता अभिवृद्धी तालिम रामारोशन गाउँपालिकामा सुरु भएको छ ।

Samajik New Add 2082
Saud Agro Kailash

गाउँपालिका उपाध्यक्ष सृजना देवि बुढाको अध्यक्षतामा सुरु भएको तालिममा जनप्रतिनिधिले बर्खायामको समयमा विपद आईपर्दा जोखिम न्युनिकरणका लागि खेल्ने भुमिका, समाधानका लागि गर्न सक्ने पहलका बिषयमा जानकारी दिईनेछ । सबै वडाका वडा अध्यक्ष, बिषयगत शाखाका कर्मचारीको सहभागीता रहेको छ ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रभुनाथ देवकोटाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन MIS अपरेटर दल बहादुर साउदले गर्नु भएको थियो । USAID को सहयोगमा आयोजनामा भएको तालिमको सहजिकरण प्रशिक्षक बसन्त बहादुर रावल, खेम प्रसाद भट्टराईले गरिरहनु भएको छ ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.