
दल बहादुर साउद : विपद जोखिम व्यवस्थापन स्थानियकरण सम्वन्धि जनप्रतिनिधिका लागि २ दिने क्षमता अभिवृद्धी तालिम रामारोशन गाउँपालिकामा सुरु भएको छ ।


गाउँपालिका उपाध्यक्ष सृजना देवि बुढाको अध्यक्षतामा सुरु भएको तालिममा जनप्रतिनिधिले बर्खायामको समयमा विपद आईपर्दा जोखिम न्युनिकरणका लागि खेल्ने भुमिका, समाधानका लागि गर्न सक्ने पहलका बिषयमा जानकारी दिईनेछ । सबै वडाका वडा अध्यक्ष, बिषयगत शाखाका कर्मचारीको सहभागीता रहेको छ ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रभुनाथ देवकोटाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन MIS अपरेटर दल बहादुर साउदले गर्नु भएको थियो । USAID को सहयोगमा आयोजनामा भएको तालिमको सहजिकरण प्रशिक्षक बसन्त बहादुर रावल, खेम प्रसाद भट्टराईले गरिरहनु भएको छ ।
