सुशासन र पारदर्शीताको क्षेत्रमा संस्थाको काम अब्बल: मंगलसेन नगरप्रमुख बोहरा, वाक नेपालको सामाजिक लेखा परिक्षण सम्पन्न

Kirci Gyan Kendra

टेकराज भण्डारी : मंगलसेन नगरपालिकाका प्रमुख पदम बहादुर बोहराले सुशासन र पारदर्शीताको क्षेत्रमा वाक नेपालले गरिरहेको काम अरुले सिक्न लायक रहेको बताउनु भएको छ । वाक नेपालले लक्षित वर्गको छनौट, लक्षित बर्गका लागि गर्नुपर्ने काम तथा कुन कार्यक्रममा कति लागत रह्यो जस्तो कुरा पारदर्शी रुपमा जनतामाझ राख्ने अरुले पनि ग्रहण गर्नुपर्ने नगरप्रमुख बोहराको भनाई छ ।

Samajik New Add 2082

पहुँच र सिर्जनाका लागि सहकार्य (वाक) नेपालको सामाजिक लेखा परिक्षण कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै नगरप्रमुख बोहराले वाक नेपालले मंगलसेन नगरपालिकामा पनि काम गरेको र यहाँका बालबालिका, महिला, उद्यमी लाभान्वित भएका बताउनु भयो ।वाक नेपालका अध्यक्ष बल बहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा आर्थिक बर्ष २०७८÷७९ को सामाजिक लेखापरिषण गरिएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति अछामका कार्यबाहक प्रमुख पूर्ण बहादुर रावलले वाक नेपालका कार्यक्षेत्रमा अनुगमनको क्रममा लक्षित वर्गमा सन्तुष्टि पाएको भन्दै साझेदार निकाय समेत खुसी भएको पाउनु नै संस्थाले राम्रो काम गरेको पुष्टि भएको बताउनु भयो ।

लेखा परिषणमा बोल्दै जिल्ला प्रशाशन कार्यालय अछामका प्रशाशकीय अधिकृत मीनराज आचार्यले जनताको जीवनस्तर उकास्ने काममा संसथाले राम्रो काम गरेको भन्दै सबै गैरसरकारी संस्थाले प्रभावकारी काम गर्नुपर्नेमा जोड दिनुभयो ।

Saud Agro Kailash

साझेदार संस्थाको तर्फबाट वल्र्ड भिजन ईन्टरनेशनलका फिल्ड स्पोन्सरसिप संयोजक मेनुका मल्ल, मर्सिकोर नेपालका प्रेम विकले वाक नेपालले गरेको कामले लक्षित वर्ग लाभान्वित हुनुका साथै समयमै काम गर्ने, प्रभावकारी टिम परिचालन आदीले आफुहरु प्रभावित भएको बताउनु भयो । साथै यसका अनुभव प्रदेश तथा राष्ट्रिय स्तरमा समेत विसतार गर्दैै लैजान समेत सुझाव दिनुभयो । वाक नेपालका व्यवस्थापक चेतराज जोशीले गत आर्थिक बर्षको प्रगति प्रतिवेदन प्रस्तुत गर्दैै अछाम र डोटीका १६ स्थानीय तहमाविभिन्न ८ वटा परियोजना मार्फत विभिन्न काम गरिरहेको बताउनु भयो ।

लाभान्वित समुदायको तर्फबाट पञ्चदेवल विनायक १ का हिमाञ्चल तिमिल्सैनाले वाक नेपालमार्फत भैरहेको काम स्रहानीय रहेको भन्दै यसको निरन्तरताको कामना गर्नुभयो । खुला छलफलमा मेल्लेख ६ का लोक बहादुर बोहराले संस्थाले च्याम्स मेसिन सहयोग गर्दा डेढ बर्षको अवधिमा ७ लाख कमाई गर्न सफल भएको बताउनु भयो । यो सहयोग नपाएको भए आफु भारतमा काम गर्न जानुपर्ने बाध्याता हुने समेत उहााको भनाई छ । अन्य १० जना सहभागिले आफ्ना अनुभव सुनाउनु भएको थियो ।

सहभागिका सुझावलाई वाक नेपालका कार्यक्रम संयोजक दिलिप बोहराले सम्बोधन गर्दै आगामी दिनमा थप राहत पुग्नेगरी काम गर्ने बताउनु भयो । सम्पूर्ण परियोजनामा ११ करोड २९ लाख ९३ हजार ६ सय ६५ बजेट सदुपयोग भएको बताईएको छ ।

परियोजनाबाट ८८ जना विपन्न बालबालिकालाई शैक्षिक वृत्ति सयोग पश्चात विद्यालय निरन्तरता दिएका, १२६ जना अभिभावकहरु अन्तरक्रियाबाट सचेतिकरण गरि बालबालिकाको विद्यालय नियमिततामा सहयोग पुगेको, ८ बिद्यालयका १६ जना शिक्षकहरुलाई डिजिटल सिकाई प्रबिधि तालिम प्रदान गरि सिकाइमा सहयोग भएको, ८ वटा बिद्यालयमा एकिकृत जीवनउपयोगी सीप कक्षा सञ्चालन पश्चात ३०४ जना किशोर किशोरी हरुको निर्णय लिने क्षमताको विकास भएको लगायतका उपलब्धि प्रस्तुत गरिएको थियो ।

वाक नेपालका कार्यसमिति सदस्य मीन बहादुर कुँवरले स्वागत सहित कार्यक्रमको उद्देश्यबारे जानकारी गराउनुभएको कार्यक्रममा अध्यक्ष केसीले आफ्नो स्वच्छ र पारदर्शी छविलाई बिग्रन नदिने र सुझावलाई आत्मसाथ गर्दै अघि बढ्ने बताउनु भयो । कार्यक्रमको रेडियो रामारोशनबाट प्रत्यक्ष प्रशारण गरिएको थियो । प्रत्यक्ष प्रशारबाट धेरै लक्षित वर्ग तथा जनतामाझ पुग्न सकिने भएकाले यो कार्य गरिएको वाक नेपालले जनाएको छ ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.