सहकारी सबैको भएकाले विश्वासिलो बनाउनु पर्छ : नेराशि केन्द्रीय सदस्य रावल

शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लिमिटेड अछामको तेस्रो साधारण सभा तथा चौथो अधिवेशनको उदघाटन गरियो

Kirci Gyan Kendra

नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय सदस्य नर बहादुर रावलले सहकारी सबैको भएकाले गाउँ गाउँ विश्वासिलो बनाउदै लैजानु पर्ने बताउनु भयो । सहकारी बचत गर्ने क्षेत्र भएकाले हरेकमा बचत गर्ने बानिको बिकास बढदै गए सहकारी सबल सहित सफल हुँदै जाने बताए ।

Samajik New Add 2082

शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लिमिटेड अछामको १३ औं साधारण सभा तथा चौथो अधिवेशनको उदघाटन कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै रावलले सहकारी गाउसम्म जोडिएकाले सहकारी संजाललाई अझै विस्तार गर्दै लैजानु पर्नेमा जोड दिनु भयो । सानो सानो बचत भबिष्यको प्रतिफल समेत भएकाले हरेकको ध्यान त्यसतर्फ हुनुपर्ने बताए ।

Saud Agro Kailash

जिल्ला अध्यक्ष मन्जु कुवरको अध्यक्षतामा भएको कार्यक्रममा बिशिस्ट अतिथि सहकारीका संस्थापक अध्यक्ष रत्न प्रसाद ढुंगानाले सहकारीले लिएको, निति, विधि र सिद्धान्तलाई आत्मसात गर्दै सबै अघि बढनु पर्ने बताउनु भयो ।

कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनका प्रदेश सदस्य अध्यक्ष जानकी बोहरा, लोकराज न्यौपाने, शिक्षक संगठन अछामका अध्यक्ष सर्पराज रिमाल, जिल्ला बचत तथा ऋण सहकारी संस्था अछामका अध्यक्ष चन्द्र प्रसाद ढुंगाना, नेपाल वुद्धिजिवि परिषद केन्द्रीय सदस्य हैकला रावल, शिक्षक महासंघ अछामका जिल्ला सचिव राम बहादुर शाहि, कैलाश बचत तथा ऋण सहकारी संस्था लिमिटेड अछामका चिव लिलाराज केसी, वुद्धिजिवी परिषद अछामका अध्यक्ष भरत सोडारीले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

उपाध्यक्ष ललित कुवरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन जिल्ला सचिव मदन बहादुर बोगटीले गर्नु भएको थियो । सहकारीको नयाँ नेतृत्व चयन गरिने भएकाले बन्दसत्र अहिले जारी रहेको छ ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.