क्याम्पसको आकर्षण बढाउने जिम्मेवारी विद्यार्थिहरुको रहेकोः नगर प्रमुख बोहरा

मंगलसेन बुप्राविधिक शिक्षालयद्धारा नव आगन्तुक विद्यार्थिलाई स्वागत तथा अभिमुखिकरण

Kirci Gyan Kendra

होम साउदः

Samajik New Add 2082

मंगलसेन बहुप्राविधिक शिक्षालयका नव आगन्तुक विद्यार्थिहरुको स्वागत तथा अभिमुखिकरण कार्यक्रम मंगलसेनमा सम्पन्न भएको छ । प्राविधिक तथा व्यावसायिक तालिम परिषद (CTEVT) को आँगिक शिक्षालयको रुपमा रहेको शिक्षालयले सामान्य चिकित्सा (HA) कक्षा सञ्चालनको पूर्वसन्ध्यामा कार्यक्रम गरेको हो ।

Saud Agro Kailash

शिक्षालय प्रमुख तिर्थ आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा मंगलसेन नगरपालिकाका नगर प्रमुख पदम बहादुर बोहरा प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा बोल्दै नगरप्रमुख बोहराले पहिलो वर्षको सम्पूर्ण खर्च मंगलसेन नगरपालिकाले जानकारी गराउँदै क्याम्पसलाई व्यवस्थित बनाउँनका लागि सबैखाले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । क्याम्पसको आकर्षण बढाउने जिम्मेवारी विद्यार्थिहरुको रहेको बोहराको भनाई छ । अछाम जस्तो ठाउँमा HA पढाई गर्न पाउँनु खुसिको कुरा भएको भन्दै उहाँले विद्यार्थिले जागरुकताका साथ नयाँ झल्को दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा मंगलसेन नगरपालिका उपप्रमुख संगिता कुमारी रावल, मंगलसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारी जिल्ला अस्पतालका निमित्त मे. सु. डा. सोनाली बास्कोटा लगायतका अतिथिहरु रहनुभएको थियो ।

अछाम क्याम्पस प्रमुख छत्र बहादुर बिष्टले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको संचालन शिद्धराज ढुंगानाले गर्नुभएको थियो । शिक्षालयले सोमबारबाटै नियमित कक्षाहरु संचालन गरेको छ ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.