गत आर्थिक वर्षको स्वःमूल्याँकनमा मंगलसेन नगरपालिकाले पायो ६७.२५ प्रतिशत अंक

Kirci Gyan Kendra

मंगलसेन नगरपालिकाले आफ्नो  स्वःमुल्याँकन नतिजा सार्वजनिक गरेको छ । नगरले आर्थिक बर्ष २०७८/०७९ मा सम्पादन गरेका क्रियाकलापहरुको कार्यप्रक्रिया र उपलब्धिहरुको लेखाजोखा गरि स्वमुल्याँकन नतिजा सार्वजनिक गरिएको हो ।
स्वःमुल्याँकनका क्रममा नगरपालिकाले जम्मा ६७ दशमलव २५ प्रतिशत अंक प्राप्त गरेको छ । बिषयक्षेत्र अनुसार १० शिर्षकमा स्वःमुल्याँकनको नतिजा सार्वजनिक गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीले वताउनुभयो । स्थानिय तह संस्थागत क्षमता स्वःमुल्याङ्कन कार्यविधी २०७७ (संशोधन, २०७८) बमोजिम स्वःमुल्याङ्कन गरि प्राप्त नतिजा सार्वजनिक गरिएको उहाँको भनाई छ ।

Samajik New Add 2082

विषयक्षेत्र अन्तरगत नगरले शासकीय प्रबन्धमा ८८ दशमलव ८९, संगठन तथा प्रशासनमा ९६ दशमलव ८८, वार्षिक बजेट तथा योजना व्यवस्थापनमा ६८ दशमलव १८, वितीय एंवम आर्थिक व्यवस्थापनमा ८८ दशमलव ६४ प्रतिशत अंक प्राप्त गरेको छ । यस्तै सेवा प्रवाहमा ९३ दशमलव ७५ प्रतिशत, न्यायिक कार्यसम्पादनमा ८५ दशमलव ७१, भौतिक पूर्वाधारमा ४२ दशमलव ३१, सामाजिक समावेशीकरणमा २७ दशमलव ५, वातावरण तथा विपद व्यवस्थापनमा ४४ दशमलव ४४ र सहकार्य तथा समन्वयमा १६ दशमलव ६७ प्रतिशत अंक प्राप्त गर्न नगरपालिका सफल भएको छ ।

Saud Agro Kailash

आर्थिक वर्ष २०७६।०७७ देखि नगरपालिकाले लिजा अन्तरगत स्वःमुल्याँकन कार्य थालनी गरेको र निरन्तर स्वमूल्याँकन नतिजा प्रकाशन गर्ने गरेको नगरपालिकाका सूचना अधिकारी विष्णुप्रसाद जैसीले जानकारी दिनुभयो ।

गत वर्ष मंगलसेन नगरपालिका राष्ट्रिय प्राकृतिक स्रोत तथा बित्त आयोगले गरेको ७५३ वटै स्थानिय तहको कार्यसम्पादन मुल्यांकनबाट  ७३.९९ अंक सहित  देशभरमा ११ औं स्थान, सुदूरपश्चिम प्रदेशमा ५ औँ स्थान र अछाम जिल्लामा पहिलो स्थानमा आएको थियो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.