बयालपाटा अस्पतालमा २ दिन भित्र डाक्टरकाे व्यवस्था गरिने: मन्त्री साउद

Purnima Mobile
Samajik Bal biwaha

सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास विकास मन्त्री झपट साउदले दुई दिन भित्रै वयलपाटा अस्पतालमा डाक्टरको व्यवस्था गरिने बताउनुभएको छ । वयलपाटा अस्पतालमा प्रदेश सरकाबाट डाक्टर पठाउने प्रक्रिया सुरु भईसकेको उहाँको भनाई रहेको छ । रेडियो जनप्रिय र मंगल खबरसंग कुराकानी गर्दै मन्त्री साउदले डाक्टरको अभावमा सेवा प्रभावित नहुने जानकारी दिनुभयो । वयलपाटा अस्पतालमा शल्यक्रिया  मार्फत प्रसूति गर्ने एमडीजीपी डाक्टर नभएको जानकारी दुईदिन अघि मात्रै आफूले पाएको धारणा व्यक्त गर्नुभयो ।

Mangala Bharna
Saud Agro Kailash

वयलपाटा अस्पतालमा एक जना शल्यक्रिया मार्फत प्रसूति सेवा गर्ने डाक्टर विदामा गएको अर्का डाक्टरले वजेटको सुनिश्चता नभएको भन्दै आउन नमानेपछि एक सातादेखि सेवा प्रभावित भएको वयलपाटा अस्पतालका प्रमुख डा. मन्दिप पाठकले जानकारी दिनुभएको छ । दाताले सहयोग घटाएपछि सुदूरपश्चिम प्रदेश सरकार र स्थानीय तहको सहयोगको भरमा सञ्चालन भइरहेको अस्पतालमा यो वर्ष दुवै निकायबाट बजेट उपलब्ध नहुँदा समस्या भएको छ ।

Mellekh RM1

यस्तै मन्त्री साउदले चालु आर्थिक वर्षमा वयलपाटा अस्पतालको लागि चाँडै साढे ८ करोड वजेट उपलब्ध गराईने प्रक्रिया सुरुवात भईसकेको जानकारी दिनुभएको छ । आफू अस्पतालको सेवा प्रभावित हुन नदिन अस्पतालसँग छलफल गर्दै आएको मन्त्री साउदको भनाई रहेको छ । कानूनी जटिलताका कारण चालु शिर्षकमा पैसा पठाउन समय लागेको बताउँदै त्यसको समाधान गर्न वजेटको सुनिश्चिता गरिने जिकीर गर्नुभयो ।

अहिले कुन कार्यविधिमा अगाडि बढेर जाने विषयमा छलफल गर्दा केही समय लागेको हो । आगामि वर्षदेखि वयलपाटा अस्पतालमा कहिल्यै समस्या नहुने प्रदेश सरकारले काम तिव्र रुपमा अघि बढाईसकेको जानकारी दिनुभयो । उहाँले वयलपाटा अस्पताल प्रदेश सरकारको मातहत भएकाले गठन आदेश विधिबाट अघि बढ्ने मोटामोटी सहमति भएको समेत जानकारी दिनुभएको छ ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.