मन्त्री साउदकाे प्रतिबद्धता अनुसार बयालपाटा अस्पतालमा खटाइए बिशेषज्ञ डाक्टर

Kirci Gyan Kendra

बयालपाटा अस्पतालमा विशेषज्ञ डाक्टरको अभावमा शल्यक्रिया प्रभावित भएसँगै २ दिन भित्र समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री झपट साउँदले प्रतिबद्धता अनुरूप चिकित्सक खटाएका छन् ।

Samajik New Add 2082

अस्पतालमा दक्ष चिकित्सकको अभावका कारण केहि दिनदेखि शल्यक्रिया सेवा प्रभावित बनेको गुनासो आएको थियो । जनगुनासो अनुरूप २ दिन भित्रै समस्या समाधान गर्ने मन्त्री साउँदले गरेको प्रतिबद्धता अनुरूप विशेषज्ञ चिकित्सक खटाइएको हो ।

चिकित्सकको अभावका कारण केही दिन देखि गर्भवती महिलाको शल्यक्रिया मार्फत प्रसूति सेवा र सामान्य शल्यक्रिया सेवा प्रभावित हुँदै आएकाे थियाे।

Saud Agro Kailash

उक्त समस्या समाधानका लागि सामाजिक विकास मन्त्री झपट साउदको निर्देशनमा जिल्ला अस्पताल अछाममा कार्यरत विशेषज्ञ डा. अतुल भारद्वाजलाई काजमा बयालपाटा अस्पताल पठाइएको मन्त्रीका स्वकीय सचिव राजेन्द्र साउँदले जानकारी दिए ।

बयालपाटा अस्पतालमा कार्यरत Advance SBA डा. दिल शाही रोका उच्च शिक्षा अध्ययनका लागि अष्टेलिया जाने हुँदा राजीनामा दिनु भएको र MDGP Dr. Dharmendra Sah प्रसूति स्याहार बिदा तथा घरमा जरुरी काम देखाउँदै लामो समय देखि बेतलबी बिदामा बस्नु भएको हुँदा जटिल प्रकृतिको प्रसूति सेवा केही दिनका लागि प्रभावित भएकोमा काजमा विशेषज्ञ डाक्टर खटाइएसँगै सेवा प्रवाहमा सहज हुने अस्पतालका प्रादेशिक साझेदार एवम् स्वास्थ्य सेवा व्यवस्थापक हिम विश्वकर्माले बताएका छन् ।

यसैबिच आर्थिक सङ्कट झेलिरहेको बयालपाटा अस्पतालका लागि वार्षिक रुपमा कम्तीमा १० करोड उपलब्ध गराउन आवश्यक प्रकृया अन्तिम चरणमा रहेको बताउँदै सामाजिक बिकासमन्त्री साउँदले उक्त प्रकृया छिट्टै निष्कर्षमा पुग्ने समेत दाबी गर्नुभएकाे छ । समग्र सुदूरपश्चिमका नागरिकको स्वास्थ्य सुरक्षाको लागि प्रदेश सरकार प्रतिवद्द रहेको उहाँको भनाइ छ ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.