अछाम जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न, सिल्ड साँफेबगर नगरपालिकालाई

Kirci Gyan Kendra
Saud Agro Kailash

मंगलसेनमा सम्पन्न १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि साँफेबगर नगरपालिकाले उचालेको छ । जिल्लाका १० स्थानीय तह सहभागि प्रतियोगितामा साँफेबगर नगरपालिकाले ५ स्वर्ण, ७ रजत र ५ कास्य गरी जम्मा १६ पदक प्राप्त गरि प्रथम हुन सफल भएको हो ।

Samajik New Add 2082

प्रतियोगितामा दोस्रो स्थान हाँसिल गर्न सफल पञ्चदेवल विनायक नगरपालिकाले ५ स्वर्ण, २ रजत र ७ कास्य गरी १४ पदक प्राप्त गरेको छ भने तेस्रो भएको मेल्लेख गाउँपालिकाले ४ स्वर्ण, २ रजत गरी गरी ६ अंक प्राप्त गर्न सफल भएको छ । प्रतियोगितामा चौथो भएको चौरपाटी गाउँपालिकाले ४ स्वर्ण र २ रजत गरि ६ पदक, पाँचौं भएको मंगलसैन नगरपालिकाले ३ स्वर्ण, ३ रजत र ७ कास्य गरी १३ पदक, छैठौं भएको कमलवार नगरपालिकाले २ स्वर्ण, २ रजत र ४ कास्य गरी ८ अंक प्राप्त गरेको छ ।
यस्तै सातौं स्थान प्राप्त गरेको रामारोशन गाउँपालिकाले १ स्वर्ण, ६ रजत र २ कास्य गरी ९ पदक, आठौं भएको तुर्माखाँद गाउँपालिकाले १ स्वर्ण, २ रजत र २ कास्य गरी ५ पदक, नवौं सथानमा रहेको वान्नीगढी गयगढ गाउँपालिकाले १ स्वर्ण २ रजत गरी ३ पदक र दशौं स्थानमा रहेको ढकारी गाउँपालिकाले २ कास्यपदक प्राप्त गरेको छ ।
माघ ६ गतेबाट सुरु भएको १४ र्औ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा जम्मा २६ स्वर्ण, २६ रजत र ३१ कास्य पदकका लागि प्रतिष्प्रधा भएको थियो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.