नेपाल यू-१९ विश्वकपको सुपर सिक्समा, देव खनालको कप्तानी इनिङ

Purnima Mobile
Samajik Bal biwaha

काठमाण्डौ ।

Mangala Bharna

नेपाल आइसिसी यू-१९ विश्वकप २०२४ को सुपर-६ मा प्रवेश गरेको छ । समूहको अन्तिम खेलमा शुक्रबार अफगानिस्तानलाई १ विकेटले पराजित गर्दै नेपाल समूह ‘डी’ मा तेस्रो बन्दै सुपर-६ मा पुगेको हो ।

Mellekh RM1

अब सुपर-६ मा नेपालले समूह ‘ए’ का भारत, बंगालदेश र आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । अफगानिस्तानसँग कठिन जित निकाल्ने क्रममा नेपालले १४६ रनको लक्ष्य ९ विकेटको क्षतिमा ४४.४ ओभरमा पूरा गर्‍यो । नेपालको जितमा कप्तान देव खनालले अर्धशतक प्रहार गरे । सातौं विकेटको रुपमा आउट हुनुअघि उनले ८९ बलमा ७ चौका प्रहार गर्दै ५८ रन जोडे ।

त्यसअघि ओपनरद्वय अर्जुन कुमाल १० रन, विपिन रावल ३ रन र गुल्सन झा १ रनमा आउट हुँदा नेपालमाथि दबाब परेको थियो।तर कप्तान देव खनालले धैर्यपूर्वक ब्याटिङ गरे । देवलाई १६ रन बनाएका आकास त्रिपाठीले साथ दिँदा नेपालको स्कोर बढेको थियो। तर दीपक डुम्रे ५ रन र दिपेश कँडेल ४ रनमा आउट भए । दीपक बोहरा नेपाललाई ६ रन चाहिएको बेला २७ रन जोडेर आउट भएका थिए ।

यस्तै ४४ ओभरको अन्तिम बलमा आकास चन्द पनि १ रनमा आउट हुँदा नेपालको नवौं विकेटको थियो। त्यतिबेला नेपाललाई जितका लागि दुई रन चाहिएको थियो । सुवास भण्डारीले नटआउट ९ रन जोडेपछि नेपालले कठिन जित दर्ता गरायो ।

Saud Agro Kailash

आकासको उत्कृष्ट बलिङमा अफगानिस्तान १४५ रनमा अलआउट

दक्षिण अफ्रिकाको इस्ट लन्डनमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तान ४०.१ ओभरमा १४५ रनमा अलआउट भयो । खेलमा नेपालका आकास चन्दले उत्कृष्ट बलिङ गरे। उनले ५ विकेट लिने क्रममा ८ ओभरमा ३४ रन खर्चिए । यससँगै आकास यू-१९ विश्वकपमा पाँच विकेट लिने नेपालका लागि चौथो बलर बने ।

यसअघि नेपालका लागि राहुल विश्वकर्माले सन् २०१२ मा पपुवा न्युगिनीविरुद्ध ६ विकेट लिँदा ३ रन मात्र खर्चिएका थिए । यो नेपालका लागि यू-१९ विश्वकपमा उत्कृष्ट बलिङ हो । भुवन कार्कीले नामिबियाविरुद्ध २०१२ मा ५ विकेट लिँदा २१ रन दिएका थिए। यस्तै सन् २०१६ मा सन्दीप लामिछानेले आयरल्यान्डविरुद्ध ५ विकेट लिँदा २७ रन खर्चिएका थिए । ‌

नेपालले पहिलो दुई ओभरमा दुई विकेट लिँदै उत्कृष्ट सुरुवात गरेको थियो । नेपालका लागि गुल्सन झाले पहिलो ओभरको चौथो बलमा पहिलो विकेट लिए । उनले अफगानिस्तानका ओपनिङ ब्याटसम्यान नुमन शाहलाई शून्यमा दीपक डुम्रेबाट क्याच गराए।

दोस्रो ओभरमा आकासले खलिद तनिवाललाई पनि शून्यमा विकेटकिपर विपिन रावलबाट क्याच गराए । आकासले अफगानिस्तानका ओपनर जाम्शिद जार्द्रानलाई ३ रन बनाएर खेलिरहदा ५.५ ‌ओभरमा बोल्ड गरे। दुई ओभरपछि आकासले नेपालका लागि चौथो र व्यक्तिगत तेस्रो विकेट लिन सफल भए। आठौं ओभरको अन्तिम बलमा उनले सोहिल खानलाई ४ रनमा कप्तान देव खनालबाट क्याच गराए ।

आकासले दशौं ओभरको पहिलो बलमा नेपाललाई पाँचौ सफलता दिलाए। उनले व्यक्तिगत चौथो विकेट लिने क्रममा अलि अहमदलाई शून्यमा एलबिडब्लूको धरापमा पारे । आकासले २० रन बनाएर खेलिरहेका हसन इशाखिललाई दिपेश कँडेलबाट क्याच गराएपछि उनले एकै खेलमा पाँच विकेट लिन सफल भए । नेपालका लागि सातौं विकेट तिलकराज भण्डारीले लिए। उनले १८औं ओभरको तेस्रो बलमा एम घजानफरलाई ३७ रनमा आउट गरे। आउटहुनुअघि उनले तिलकलाई लगातार छक्का र चौका प्रहार गरेका थिए। उनले २१ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दा अफगानिस्तानको स्कोरले केहि गति लिएको थियो ।

यस्तै नसीर शाखले ३१ रन जोडे। नवौं विकेटका लागि उनले फारुदुनसँग ५५ रनको साझेदारी गरेका थिए। यो साझेदारी दिपेक कँडेलले तोडेका थिए । फारुदुनले अन्तिम विकेटको रुपमा सुवास भण्डारीबाट आउट हुने क्रममा २९ रन जोडे । बलिङमा नेपालका आकासले ५ विकेट लिँदा दिपेशले २ विकेट लिए। यस्तै सुवास भण्डारी, तिलक भण्डारी र गुल्सन झाले १-१ विकेट लिए ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.