रामारोशन ४ बाटुलासैनमा कुष्ठरोग तथा क्षयरोग जाचपडताल शिविर

Purnima Mobile
Samajik Bal biwaha

अछामको रामारोशन गाउँपालिका वडा नम्वर ४ बाटुलासैनमा कुष्ठरोग तथा क्षयरोग जाचपडताल शिविर सम्पन्न भएको छ । विकट क्षेत्रमा रहेका नागरिकहरुको समस्यालाई मध्यनजर गर्दै आयोजना गरिएको शिविरमा वडाका १ सय ५५ जनाले सेवा लिएका छन ।

Mangala Bharna
Saud Agro Kailash

शिविरमा ३० जना क्षयरोगका संस्कापद व्यक्तिको खकार संकलन गरि जिल्लामा ल्याईएको छ भने १ जनालाई कुष्ठरोग देखा परेकाले आवश्यक औषधी चलाउनुका साथै एकजना संकास्पद ब्यक्तिको नमुना संकलन गरिएको जिल्ला अस्पताल अछामका डाक्टर अनमोल थापाले बताउनुभयो । शिविर स्थलमा आएका सेवाग्राहीहरुलाई स्वास्थ्य सम्बन्धि अन्य सुझावहरु दिनुका साथै बिशेष गरि कुष्ठरोग तथा क्षयरोगका लक्षण, यस बाट बच्ने उपायका बारे सहितको आवश्यक परामर्श समेत दिईएको छ । गाउँघरमा खानपिनमा ध्यान नदिदा प्रेसर लगायतका विरामीहरु बढि देखिएका डाक्टर थापाले बताउनुभयो ।

Mellekh RM1

जिल्ला स्वास्थ्य कार्यालय अछामको आयोजना र स्वास्थ्यचौकी बाटुलासैनको समन्वयमा शिविरिको आयोजना गरिएको हो । आफ्नो वडामा महत्वपुर्ण शिविर संचालन भएपछि स्थानीय नागरिकहरु निकै खुसी भएका थिए । शिविरमा डाक्टर अनमोल थापा, जिल्ला स्वास्थ्य कार्यालय अछामका क्षयरोग तथा कुष्ठरोग निरिक्षक दिपेन्द्र जोशी, जिल्ला अस्पताल अछामका क्षयरोग तथा कुष्ठरोग फोकल प्रशन हिमाल ढुंगाना लगायतका स्वास्थ्यकर्मीको सहभागिता रहेको थियो ।

जिल्ला स्वास्थ्य कार्यालय अछामले यसभन्दा अघि जिल्लाको ढकारी गाउँपालिकाको वडा न ४ र ५ बलाता, मंगलसेन नगरपालिकाको वडा न १३ बस्तीमा पनि स्वास्थ्य शिविर संचालन गरेको थियो ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.