सुदूरपश्चिमा नयाँ कुष्ठरोगीको संख्या बढ्दै, कैलालीमा सबैभन्दा धेरै

Purnima Mobile
Samajik Bal biwaha

धनगढीः आर्थिक वर्ष २०७९/८० को तथ्याङ्कअनुसार सुदूरपश्चिममा २३० जना नयाँ कुष्ठरोगी पत्ता लागेका छन् ।

Mangala Bharna

कैलालीमा १४९, कञ्चनपुरमा ४३ र अछाममा २२ जना कुष्ठ रोगी फेला परेका हुन् । त्यस्तै, बझाङमा ५, बैतडीमा ४, डोटीमा ३, दार्चुलामा २ र बाजुरा तथा डडेल्धुरामा १/१ जना नयाँ कुष्ठरोगी फेला परेका छन्। कैलालीको धनगढी उपमहानगरभित्र ८७ जना नयाँ कुष्ठरोगी फेला परेका छन् भने कैलारी गाउँपालिकाभित्र २२ जना नयाँ बिरामी पत्ता लागेका छन् ।

Mellekh RM1
Saud Agro Kailash

त्यस्तै, कञ्चनपुरको भीमदत्त नगरभित्र १९ जना नयाँ बिरामी फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष २०७९/८० को अन्तसम्म सुदूरपश्चिममा २७९ जना कुष्ठरोगी रहेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ । जसमध्ये कैलालीमा १९३, कञ्चनपुरमा ४५, अछाममा २२ जना र बाँकी अन्य जिल्लाका बिरामी हुन्। सुदूरपश्चिममा गत वर्ष नयाँ पत्ता लागेका बिरामीमध्ये १४ जना बालबालिका छन् ।

१४ वर्षमुनिका बालबालिकामा १२ जना कैलालीका हुन् भने १/१ जना अछाम र कञ्चनपुरका हुन् । सुदूरपश्चिममा आर्थिक वर्ष २०७८/७९ मा कुष्ठरोगका २०५ जना नयाँ बिरामी फेला परेका थिए भने आर्थिक वर्ष २०७९/८० मा २३० र चालु आर्थिक वर्षको पुससम्म १०६ जना नयाँ बिरामी फेला परेका छन्। चालु आर्थिक वर्षको पुष मसान्तसम्म कुष्ठरोग लागेका पुरुषको संख्या ५४ छ भने ५२ जना महिला छन् ।

नयाँ संक्रमितमध्ये ९१ जनामा बढी सर्ने र १५ जनामा कम सर्ने कुष्ठरोग लागेको उल्लेख छ । कुष्ठरोग आँखाले देख्न नसकिने माइक्रोव्याक्टेरियम लेप्रे नामक सूक्ष्म किटाणुबाट लाग्ने एक प्रकारको ज्यादै कम सर्ने रोग हो । यो रोग मानिसबाट मानिसमा सर्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

उपचार नगरेको कुष्ठरोगीसँग लामो समयसम्म सम्पर्कमा आउने व्यक्तिलाई श्वासप्रश्वासको माध्यमबाट यो रोग सर्छ । सुरूकै अवस्थामा रोगको निदान र उपचार गरेमा यो रोग अरुलाई सर्दैन भने समयमा नै उपचार गरेमा कुष्ठरोग पूर्ण रुपमा निको हुने र अपाङ्गता नहुने चिकित्सकले बताएका छन् । -dineshkhabar

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.