महावीर पुनलाई स्वागत सहित मंगलसेन नगरपालिकाले किन्यो १०० थान पुस्तक

Kirci Gyan Kendra

मंगलसेन नगरपालिकाले वैज्ञानिक, राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष तथा सामाजिक अभियन्ता महाबिर पुनलाई स्वागत तथा सम्मान गरेको छ । नगर प्रमुख पदम बहादुर बोहरा, उपप्रमुख संगिता कुमारी रावल र प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीले पुनलाई स्वागत तथा सम्मान गर्दै नगरपालिकामा उत्प्रेरणामूलक अन्तरक्रिया गरिएको हो ।

Samajik New Add 2082

राष्ट्रिय आविष्कार केन्द्र मार्फत बीरगंजको कृषि औजार कारखाना संचालन गर्नका लागि अध्यक्ष पुन आफ्नो आत्मकथा सम्झना, सपना र अविरल यात्रा नामक पुस्तक बिक्री गर्न पूर्व पश्चिम यात्रामा रहेका बेला नगरपालिकाले कार्यालयमै बोलायर स्वागत गर्दै उहाँको लक्ष्य प्राप्तिमा सहयोग पुगोस भन्ने हेतुले ७५ हजार बराबरको एक सय थान पुस्तक खरिद गरिएको नगरपालिका प्रमुख प्रशासकिय अधिकृत खकेन्द्र बहादुर सोडारीले बताउनुभयो ।

पुनको आत्मकथामा युवाहरुलाई उत्प्रेरणा जगाउने खालको विषयवस्तु भएको भन्दै यस अभियानमा साथ दिन नगरपालिकाले पुस्तक खरिद गरि सामुदायिक विद्यालय र सामुदायिक सिकाई केन्द्रहरुमा वितरण गर्ने नगर प्रमुख पदमबहादुर बोहराले बताउनुभयो । पुनको महाँन अभियानमा साथ सहयोग र समर्थन रहेको बताउदै नगर प्रमुख बोहराले लक्ष प्राप्तिका लागि शुभकामना समेत दिनुभयो ।

Saud Agro Kailash

स्वागत पश्चात आफ्नो संक्षिप्त कुरा राख्दै महावीर पुनले जुनसुकै कुरामा पनि सरकारको मुख ताक्नुभन्दा सवै युवाहरुले ईनोभेसनका कार्यमा लाग्नुपर्ने बताउनुभयो । ३ करोड जनसंख्या भएको देशमा ३ लाख जनाले मात्रै आफ्नो पुस्तक खरिद गरिदिएमा पनि १५ करोड बचत हुने र त्यसबाट कारखाना सुरुवात गर्नका लागि सहयोग पुग्ने उल्लेख गर्नुभयो । युवाहरुलाई स्वदेशमै केहि गरौं भन्ने भावना जागृत गर्नका लागि आफु लागिपरेको उहाँको भनाई थियो ।

महावीर पुन बीरगंजको कृषि औजार कारखाना संचालन गर्नका लागि आफ्नो आत्मकथा ‘महावीर पुन सम्झना, सपना र अविरल यात्रा’ पुस्तक बिक्री गर्न देश दौडाहामा निस्केका बेला अछाम पुग्नुभएको हो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.