रेडक्रस द्वारा षाेडशा माविका १५ बालबालिकालाई कम्बल वितरण

Purnima Mobile
Samajik Bal biwaha

नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा अछामले षोडशा माध्यामिक विद्यालयका विद्यार्थिहरुलाई कम्बल वितरण गरेको छ । चिसो मौसममा विद्यालयमा अध्यान गरिरहेका १५ जना टुहुरा बालबालिकालाई १० थान कम्बल वितरण गरेको हो ।

Mangala Bharna
Saud Agro Kailash

षोडशा माध्यामिक विद्यालयमा अध्यान गरिरहेका बालबालिकाहरुलाई चिसो मौसममा न्यानो प्रदान गर्ने उदेश्यले कम्बल वितरण गरिएको नेपाल रेडक्रस सोसाईटी अछामका सभापति रत्न प्रसाद ढुंगानाले बताउनुभयो । षोडशा माध्यामिक विद्यालयमा जिल्लाका विभिन्न पालिकाका आमाबुवा नभएका टुहुरा बालबालिकाहरु अध्यान गरिरहेका छन ।

Mellekh RM1

चिसो मौसममा न्यानो कम्बल पाएपछि विद्यार्थिहरु खुुसी भएको विद्यालयका सहायक प्रधानाध्यापक वृृकेश सिंह बोगटीले बताउनुभयो । हाल विद्यालयमा ११ जना छात्र र ४ जना छात्रा रहेका छन । उनीहरुलाई आवासिय व्यवस्था समेत विद्यालयले गरिरहेको शिक्षक धन कुमार केसीले जानकारी दिनुभएको छ ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.