कप्तान रोहितको उत्कृष्ट बलिङमा क्यानडामाथि नेपालको रोमाञ्चक जित

Purnima Mobile
Samajik Bal biwaha

काठमाडौँ । नेपाल र क्यानडाबीचको तीन खेलको एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले क्यानडामाथि रोमाञ्चक जित हात पारेको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले क्यानडालाई ७ रनले पराजित गर्‍यो ।

Mangala Bharna

नेपालले दिएको २२५ रनको लक्ष्य पछ्याएको क्याडना ४७.५ ओभरमा २१७ रनमा अलआउट भयो । नेपालको जितमा कप्तान रोहित पौडेलले उत्कृष्ट बलिङ गरे । उनले चार विकेट लिए। ८.५ ओभरमा २ मेडन राख्दा २२ रन मात्र खर्चिए ।

Mellekh RM1

क्यानडाका लागि मध्यक्रमका ब्याट्सम्यानद्वय निकोलास किर्टन र पर्गत सिंहले अर्धशतक प्रहार गरे । पर्गतले ५० रन जोड्ने क्रममा तेस्रो विकेटका लागि निकोलास किर्टनसँग ७९ रनको साझेदारी गरे। त्यसपछि हर्ष थाकेरलाई ३२ रन जोड्दा निकोलाससँग चौथो विकेट विकेटका लागि ६० रनको साझेदारी गरे ।

निकोलासले ६० रनको योगदान गरे। पवन सर्राफबाट बोल्ड हुनुअघि उनले ९९ बलमा ७ चौका प्रहार गरे। निकोलासले गरेको दुई महत्वपूर्ण साझेदारीले क्यानडा बलियो अवस्थामा पुगेको थियो । नेपालले ४४ ओभरको अन्तिम बल र ४५ ओभरको दोस्रो बलमा विकेट लिँदै तीन बलको अन्तरमा दुई विकेट लिदा खेल रोमाञ्चक मोडमा पुगेको थियो। सुरुमा क्यानडाका उदय भगवानलाई नेपालका कप्तान रोहित कुमार पौडेलले ६ रनमा बोल्ड गरे। तीन बलपछि ललित राजवंशीले क्यानडाका साद बीन जोफरलाई एलबिडब्लूको धरापमा पारे ।

Saud Agro Kailash

यस्तै नेपालका ललित राजवंशीले डिलोन हेलिङ्गरलाई नवौं विकेटको रुपमा २ रनमा एलबिडब्लूको धरापमा पारे। त्यतिबेला क्यानडालाई जितका लागि १९ बलमा १३ रन चाहिएको थियो भने १ विकेट मात्र बचेको थियो । यसपछि ६ रन बनाएको क्याडनाका इश्वर सोधीलाई नेपालका कप्तान रोहित पौडेलले ४७.५ ओभरमा शून्यमा बोल्ड गर्दा नेपालले रोमाञ्चक जित हात पार्‍यो । त्यसअघि क्याडनाका ओपनरद्वय आरोन जोनसन २० रन र नवनीत धलिवाल ६ रनमा आउट भए ।

रिजन ढकालले धलिवाललाई विकेट पछाडि आसिफ शेखबाट क्याच गराए। रिजनले डेब्यू खेलमै विकेट लिए। बायाँ हाते तीव्र गतिका बलर रिजनले आफ्नो स्पेलको पाँचौ बलमा विकेट लिन सफल भए । यस्तै सोमपालले जोनसनलाई एलबिडब्लूको धरापमा पारे ।

नेपाल २२४ रनमा अलआउट

बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ओपनर कुशल भुर्तेलको अर्धशतकमा ५० ओभरमा सबै विकेट गुमाउँदा २२४ रन जोड्यो । एकदिवसीय खेलमा सातौं अर्धशतक प्रहार गरेका कुशलले ५८ बलमा ९ चौका र १ छक्का प्रहार गर्दै ६२ रन जोडे ।

कुशलका ओपनिङ पार्टनर आसिफ शेख ८ रनमै आउट भए भने कप्तान रोहितकुमार पौडेलले पनि ८ रनमै पेभिलियन फर्के। भीम सार्की १७ रन र कुशल मल्ल पनि २० मै आउट हुन बाध्य भए । आरिफ शेखले ३८ रन जोड्दा नेपालको स्कोर बढेको थियो। आरिफले ५० बलमा ४ चौका प्रहार गरे। पवन सर्राफ पनि चल्लन सकेन्। उनी १५ रनमा क्यानडाका शाहिद अहमजाइको एलबिडब्लूको धरापमा परे । सोमपाल कामीले जोडेको २७ रन नेपालका लागि महत्वपूर्ण सावित भयो। ४९ ओभरको पाँचौं बलमा आउट हुनुअघि उनले २३ बलमा १ चौका र २ छक्का प्रहार गरे। रिजन ढकाल अन्तिम ओभरमा ४ रनमा आउट भए भने सूर्य तामाङ १० रनमा नटआउट रहे। रिजन र सूर्यले नेपाली टिमबाट एकदिवसीय खेलमा डेब्यू गरेका हुन् ।

बलिङमा क्यानडाका उदय भगवानले ३ विकेट लिए। उनले ८ ओभरमा १ मेडन राख्दा ४० रन खर्चिए। इश्वर सोधी र साद विन जाफरले २-२ विकेट लिन सफल भए । नेपालले फागुन पहिलो साता आइसिसी विश्वकप लिग-२ अन्तर्गत नामिबिया र नेदरल्यान्ड्सविरुद्धको सिरिज खेल्नुअघि क्यानडासँग तीन खेलको एकदिवसीय सिरिज खेलेको हो । अब नेपालले दोस्रो खेल शनिबार र अन्तिम खेल सोमबार खेल्नेछ ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.