जाल्पादेवी आधारभूत विद्यालय ढुंगानीको १२ औं अभिभावक भेला सम्पन्न
विद्यालयले विगत भन्दा उल्लेख्य प्रगति गरेकोः सामाजिक समिति संयोजक बोगटी


जाल्पादेवी आधारभूत विद्यालय मंगलसेन नगरपालिका १ ढुंगानीको १२ औं अभिभावक भेला सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष लाल बहादुर साउदको अध्यक्षता र मंगलसेन नगरपालिका सामाजिक विकास समितिका संयोजक तथा वडानम्वर ३ का अध्यक्ष बिर्ख बहादुर बोगटीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै बोगटीले जाल्पादेवी आधारभूत विद्यालयमा शैक्षिक अवस्था देखि व्यवस्थापनका क्षेत्रमा विगत भन्दा उल्लेख्य प्रगति देखिएको बताउनुभयो । उहाँले विद्यालयको शैक्षीक, आर्थिक, भौतिक र अन्य आवश्यक विवरणहरु सुव्यवस्थित रुपमा प्रस्तुत गरेको भन्दै विव्यस र विद्यालय प्रशासनलाई धन्यवाद दिनुभयो । विद्यालयमा विद्यार्थिको संख्या उल्लेख्य रहेको तर शिक्षक दर्बन्दी अभाव रहेको महसुस भएको भन्दै उहाँले आगामी शैक्षीक सत्रबाट शिक्षक दर्बन्दी कायम गर्न र भवन निर्माणका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि वडानम्वर १ का अध्यक्ष लोकराज नाथले विद्यालयमा रहेका समस्याहरुलाई क्रमश आवश्यकताका आधारमा समाधान गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । वडाको श्रोतबाट गर्न सकिने सबैखाले सहयोगका लागि आफु निरन्तर लागिपर्ने उहाँको भनाई छ । यस्तै कार्यक्रमका अर्का बिशिष्ट अतिथि तथा मंगलसेन नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख जगत बहादुर रावलले विद्यालयमा शैक्षीक सुधारका लागि शिक्षक र अभिभावकले आ आफ्नो जिम्मेवारी पुरा गर्नुपर्ने बताउनुभयो । विद्यालयमा शिक्षक दर्बन्दी, भवन, भान्साघर, कक्षाकोठा मर्मत र आईसिटीका लागि समन्वय र पहल गर्ने उहाँले प्रतिवद्धता जनाउनुभयो ।
अभिभावक भेलामा नगर कार्यपालिका सदस्य हंश थापा राना, नेपाली काँग्रेसका प्रतिनिधि मानसिंह जैगडी, नेकपा एमालेका जिल्ला सदस्य गंगा साउद थापा, नेकपा माओवादी केन्द्रका जिल्ला कार्यालय सचिव तथा नगर कमिटी सचिव कमल बहादुर थापा, नेपाल कम्यूनिष्ट पार्टीका जिल्ला सदस्य दिपेन्द्र जैगडी, वडा सदस्य शिद्ध थापा, कुन्ति माविका प्रधानाध्यापक मदन बहादुर बोगटी, मालिका आधारभूत विद्यालयका प्रधानाध्यापक पम्फा रावल, प्रगतिशिल आधारभूत विद्यालयका शिक्षक गोपाल जैगडी, खम्म आधारभूत विद्यालयका शिक्षक गणेश बहादुर थापा, मालिका सामुदायिक सिकाई केन्द्रका समुदाय कार्यकर्ता निर्मला पाल, कुलदेव सामुदायिक वन समूहका सचिव माया साउद थापा र विद्यार्थि खकेन्द्र साउदले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

विद्यार्थिहरुका विभिन्न साँस्कृतिक प्रस्तुती समेत राखेको कार्यक्रममा गत शैक्षिक सत्रमा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थिहरुलाई पुरस्कार समेत प्रदान गरिएको थियो । विद्यालयका प्रधानाध्यापक रेखा नेपालीले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको अभिभावक भेलाको संचालन विद्यालय व्यवस्थापन समिति सदस्य होम साउदले गर्नुभएको थियो ।
केही तस्बिरहरुः
